काठमाडौं । स्पानिस ला लिगामा बार्सिलनाले रायो भालेकानोसँग १-१ को बराबरी खेलेको छ ।
एक गोलले पछि परेको अवस्थामा आत्मघाती गोल उपहार पाएपछि बार्सिलोनाको सम्भावित हार टरेको हो ।
खेलको ३९औं मिनेटमा उनाई लोपेजले गोल गर्दै घरेलु टोली रायोलाई अग्रता दिलाएका थिए ।
धेरै समय त्यो अग्रता कायम रहेपनि अन्तिम दश मिनेटमा रायोले बचाउन सकेन ।
८२औं मिनेटमा रायो कै फ्लोरियन लेजेउनेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गर्न सफल भएको हो ।
बराबरीपछि १४ खेलबाट ३१ अंकसहित बार्सिलोना चौथो स्थानमा छ ।
१३ खेलबाट बार्सा समान अंक रहेको एट्लेटिको मड्रिड तेस्रोमा छ । एट्लेटिकोले एन्टोनी ग्रीजमनको दोस्रो हाफ गोलमा मालोर्कालाई १-० ले पराजित गरेको थियो ।