कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष पूरा भएको अवसरमा एमालेले यही मङ्सिर १४ गतेबाट सञ्चालन गरिरहेको मध्य पहाडी लोकमार्ग जसलाई पुष्पलाल लोकमार्ग पनि भन्ने गरिन्छ अन्तर्गत पर्ने क्षेत्रका जिल्लाहरुमा जनभेटघाट तथा समस्याहरुको पहिचानका साथै त्यस क्षेत्रका जनताको रायसुझाव संकलन गरी समृद्ध नेपाल सुखी नेपाली पार्टीले लिएको नीति साकार पार्न विशेष योजना बनाउने उद्देश्यले अभियान सञ्चालन गरिरहेको छ।
यहीं मङ्सिर २७ र २८ गते भोजपुर जिल्लाको मध्य पहाडी लोकमार्ग अन्तर्गत आफूलाई नजिक पर्ने सडक किनारमा उपस्थित भई अतिथि स्वागत सत्कार सहित भोजपुरे जनताको आवश्यकतालाई राष्ट्रियकरण गर्न एमाले भोजपुर जिल्ला पार्टीको जनतालाई विशेष अपील ।
मध्य पहाडी लोकमार्ग अरू जिल्लाको तुलनामा भोजपुर जिल्लामा सबैभन्दा लामो रूट पर्ने नेकपा एमाले कोशी प्रदेशका पूर्व मुख्यमंत्री शेरधन राईले जानकारी दिनुभएको छ । एमालेले संचालन गरेको ३ हप्ता लामो अभियान यही मङ्सिर २७ गते भोजपुर जिल्लामा आइपुग्ने र २८ गते सम्म भोजपुर जिल्लामा हुने भएकोले एमालेको भोजपुर जिल्ला पार्टी तथा सम्पूर्ण जनवर्गीय संगठनहरुको लागि आफ्नो पार्टीको केन्द्रीय कमिटी नै उपस्थिति हुने यस प्रकारको कार्यक्रम सफल बनाउन सक्रिय भएर लागेको जानकारी प्राप्त भएको छ ।यसका लागि काठमाण्डौमा बिभिन्न पेसा व्यवसाय तथा अध्ययन अध्यापन गर्ने गराउने पनि सक्रिय भएर लागेको पाइएको छ ।भोजपुर जिल्लामा पार्टी अध्क्षय लगायत केन्द्रीय कमिटीका पधाधिकारी हरुलाई स्थलगत रुपमानै आफ्नो जिल्लाको विकासको प्राथमिकता र आवश्यकता राख्ने मौका पनि मिलेकाले यस कार्यक्रमको विशेष महत्त्व भएको जानकारी दिएको छ । साथै सम्पूर्ण भोजपुर बासी जनसमुदायलाई पनि यो अवसर प्राप्त भएकोले सो को सदुपयोग गर्न एमाले भोजपुरले अपिल गरेको छ।
हाम्रो नेपालीमा उखानै छ अतिथि देबो भब र हामी नेपालीले हाम्रो घरमा आएको पाहुनालाई उच्च स्तरको स्वागत सत्कार गर्ने गर्दछौं। भोजपुर एमालेले मङ्सिर २७ र २८ गते भोजपुरको मध्य पहाडी लोकमार्ग आसपासका जनसमुदायलाई अतिथि स्वागत सत्कारको लागि सरिक भइदिन अनुरोध पनि गरेको छ। आफूलाई नजिक पर्ने क्षेत्रमा एमाले जिल्ला पार्टी वा स्थानीय कमिटी सँगको समन्वयमा आफ्नो जिल्ला प्रवेश गर्ने अतिथिहरुलाई स्वागत सत्कारका साथै आफ्नो समस्या सल्लासुझाव राखी आफ्नो जिल्ला को आवश्कता लाई राष्ट्रियकरण गर्ने मौकाको लाभ लिने समय आएकोले आम भोजपुर बासीलाई यसको सदुपयो गर्न अनुरोध गरेको छ ।
भोजपुरे जनसमुदायले यस कार्यक्रमलाई केवल एउटा पार्टीको अभियानको रुपमा मात्र नलिई भोजपुर बासिको सद्भाव र एकतालाई प्रस्तुत गर्नुहुने अपेक्षा समेत लिएको जनाएको छ। यसकारण भोजपुर जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा आफूलाई नजिक पर्ने सडक किनारमा आफूसँग उपलब्ध भएको फूलमाला सहित आफ्नो जिल्लामा उपस्थित अतिथि हरुलाई भव्य स्वागत गरी भोजपुरे जनताको पहिचान दिलाइदिने कुरामा भोजपुर जिल्ला एमाले पार्टीले विश्वास लिएको छ ।
केही समय यता हाम्रो देशमा केही उछृङ्कल तत्वले विभिन्न बहानामा कसैको उक्सावाटमा लागि अवाञ्छित गतिविधि गरेको पनि हामीले देखिरहेका छौं। विशेष गरी कोशी प्रदेशको नामाकरणलाई लिई पहिचानबादीको नाममा विभिन्न क्षेत्रमा एमाले नेता कार्यकर्ता लक्षित आक्रमण भइरहेको छ। भोजपुरे जनताले यस्ता गतिविधिलाई राम्रो रूपमा नलिने र कसैले यस्तो दुस्प्रयास गरे त्यसलाई निस्तेज पार्नेनै छन् भन्ने विश्वास पनि लिएको छ। हामी भोजपुरे जनता विधि र प्रक्रिया लाई सम्मान गर्ने र आफ्नो फरक मत भए सौहार्दपूर्ण वातावरणमा सम्बन्धित ठाउँमा राखी समाधानको सही बाटो अवलम्बन गर्ने कुरा लाई नै मुख्य समाधान हो भन्ने विश्वास गर्दछौं पूर्व मुख्यमंत्री शेरधन राई भन्नुहुन्छ । यस मङसिर २७ र २८ गतेको कार्यक्रमलाई पनि त्यही रुपमा भोजपुरले लिने विश्वास छ उहाँ थप्नु हुन्छ।
यो झुलाघाट – चिवभन्ज्याङ यात्रा भोजपुर जिल्लामा २७ गते चखेवामा पार्टी अध्यक्ष सहितको टोलीलाई स्वागत गरी अन्नपूर्णमा भेटघाट भेला सहित बिहानको खाना हुने र भोजपुर नगरपालिकाको दावामा जनताहरुसंग भेटघाट छलफल गरेपश्चात भोजपुर नगरपालिका वडा नं ७ मा रहेको रंगशाला उत्घाटन हुने छ त्यसपश्चात् ऐतिहासिक बजार टक्सारमा धातु ब्यवसाहीहरुसंग छलफल सहित विशेष सम्बोधन गरी पुनः भोजपुर बजारमा छलफल कार्यक्रम हुने र बेलुका भोजपुर बजारमै बासबस्ने कार्यक्रम छ र २८ गते बिहान , सिद्धकाली मन्दिर दर्शन गरी त्यसपश्चात् तिवारी भञ्ज्याङ तिर अगिबढी त्यहाँ सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यसपछि प्यायुली जरायोटार हुँदै लेगुवा घाटबाट बिधाई गरी धनकुटाको पाख्रीबास जाने कार्यक्रम रहेको जानकारी भोजपुर एमालेले दिएको छ ।
एमाले यो देशको एक नंबर लोकप्रिय मत प्राप्त गरेको दल र प्रमुख प्रतिपक्षी दल पनि भएकोले यसलाई सरकारको निकट भएको कुनैपनि बेला सरकारमा पुग्न सक्ने दलभएकाले । भोजपुरे जनताले आफ्ना अहिलेका समस्या र भोलिकादिनमा गर्नु पर्ने विकासका काम बारे जानकारी गराई भोजपुरे जनताको समृद्धिको चाहना पूरा गर्न कोसे ढुङ्गा साबित होस्, भोजपुरे जनताले यसको सही सदुपोग गर्न सकियोस् भने हिसाबले एमाले भोजपुर जिल्ला पार्टी लागिपरेको जानकारी दिएको छ ।
लेखक
नेपाली मिडिया नेटवर्कका
समाचार ब्युरो