सङ्घियता सहितको गणतन्त्र बहुदलिय प्रजातन्त्र सबै नेपाली जनताको कठोर बलिदान र सङ्घर्ष को महान उपलब्धी हो । कुनै पनि राजनैतिक दल र नागरिक हरुलाई शान्तिपुर्ण कार्यक्रम गर्न बिरोध गर्न पाउने अधिकार सम्बिधानले सुनिस्चित गरेको छ ।
जहासम्म हामी नेकपा एमालेहरु मध्यपहाडी पुश्पलाल लोकमार्ग केन्दृत समृद्धी यात्रा को एउटा महाअभियानको क्रममा छौ यो कुनै जात भाषा धर्म सन्स्कृति बिरोधि कार्यक्रम होइन ।
यो नितान्त जनतासग साक्षातकार गर्ने जनताको समस्याहरुको पहिचान गर्ने कठिनाईहरुको बोध गर्ने र नेपालको सम्बृद्धिको भावी योजना बनाउने हो भन्ने बोधगमन हुनु आवस्यक छ । सबैलाई जानकारी नै छकी यो अभियानको नेतृत्व एमालेका अध्यक्ष राजनेता क. केपि ओलिले गर्नुभएको छ ।
यो बिशुद्ध जनतासग हुने जनभेटघाटलाई अतिरन्जित बिषय उठान गरेर राजनैतिक भ्रम सृजना गर्ने र जातिय दङ्गा भटकाउने गतिबिधीमा सम्लग्न भै (भौतिक रुपमा वा सोसियल मिडियामा) दुश्प्रयत्न गर्नु हामिले ६२/६३को जनक्रान्तिबाट प्राप्त गरेको महान उपलब्धी र अङ्गिकार गरेको शासन ब्यबस्था बिरोधी कदम हुनजान्छ । सासुको रिसले पोइको काख ……… भन्ने उखानको चरितार्थ हुने गरि गतिबिधी नगरौ ।
घटनाक्रममा ,
एमालेको यो अभियान लाई असफल बनाउन
– बन्दको आव्हान गरियो
– रुख ढालेर बाटो अबरोध गर्ने प्रयत्न गरियो
– केही स्थानमा हुलहुज्जत गर्ने प्रयत्न गरियो
तर अभियान रोकिएन र रोकिने सम्भावना नि छैन । एमालेले यो भन्दा धेरै ठुलठुला सङ्कट र राजनैतिक अवरोधहरुको सामना गर्दै बिजय हासिल गर्दै आएको पार्टिहो ।
जहासम्म पहिचान र कोशी प्रदेसको नामाकरणको बिषय छ :
– एमाले पहिचान बिरोधी दल होइन
यत्ती हो कि पहिचान सबै जात जाती भाषा धर्म मान्ने जनताहरुको लागि समान हुनुपर्दछ । सबैको लागि सर्बमान्य हुनुपर्दछ ।
अब कोशी नामाकरण कसरी भयो त ?
र यो कति सर्बमान्य भयो कि भएन त? भन्ने सवालमा :
१. हाम्रो देशको शासन प्रणालिको मर्म भनेको लोकतन्त्रीक पद्धति हो । सम्बिधान को ब्यबस्था हो ।
२. एमालेको प्रदेश सरकारले हाम्रो प्रदेशको नाम कोशी राख्ने प्रस्ताव ल्याएकै हो । दिउसोको घाम जस्तै छर्लङ्गै छ । अब यो प्रस्तावको पक्ष वा बिपक्षमा दलहरुलाई भोट हाल्ने अधिकारबाट एमालेले के बन्चित गरेको हो ? सबैदल स्वतन्त्र थिएनन ? माओबादी काङ्रेस र अन्य दललाई प्रस्तावित कोशी नामको बिपक्षमा जान के ले रोकेको थियो ? स्वतन्त्ररुपमा वा ती दलहरुको पार्टिकेन्द्रको निर्देशनको आधारमा कोशी नाम दुई तिहाई भन्दा धेरै मतले प्रदेस सभाबाट पारित भएको होइन ?
– लोकतन्त्रमा जनताले चुनेर पठाएको प्रतिनिधिलाई नै जनमत मानिन्छ । प्रदेस १ को प्रदेस सभामा ९३ जना साम्सद मध्य ४ जनाले प्रस्तावलाई अस्विकार गरेको हो । बाकी को समर्थन भनेको अत्यधिक जनमतको समर्थनबाट प्रदेसको नामाकरण कोशी नाम रहेको छ ।
त्यसै भ्रम नहोस एमाले जनताको जनमतलाई बिस्वास र भरोसा गर्ने पार्टी हो ।
दहिचिउरे पार्टी होइन ।
सर्पदेखे बाहिर हात ,खजना देखे दुलो भित्र हात गर्ने पार्टी एमाले होइन ।
अब पहिचानबादी भनिएका साथिहरुको बिरोध !
शान्तिपुर्ण बिरोध गर्ने सबैलाई छुट छ राज्यले दमन गर्न पाइन्न । त्यो राज्यको दायित्व हो । तर अशान्तिपुर्ण गतिबिधी राज्यले सहन गर्दैन ।
भोजपुर र लेगुवामा भएका घटनामा राज्यको असावधानी र लापरवाहिको कारणले भएको हो । यस को जिम्मेवारी सरकारले लिनु पर्छ ।
सुरेन्द्र कुमार उदास
मेयर, षडानन्द नगरपालिका
भोजपुर