२०८१ मंसिर २६ बुधबार
11 December 2024, Wednesday
Menu
 

मध्य पहाडी लोकमार्ग अभियानका क्रममा एमालेले के -के गतिविधि गर्यो संक्षिप्त जानकारी

मङ्सिर १४ गते बिहान ८:३० झुलालाघटमा नेपालको राष्ट्रिय झण्डा उत्तोलन सगै आरम्भ भएको झुलाघाट – चीवाभन्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा पुस १ गते दिउँसो १२: १५ चिवाभनज्याङमा झण्डोउत्तोलन सँगै समापन भएको थियो। यस अभियानका क्रममा एमालेले ३० जिल्ला हुँदै २ हजार किलोमिटर भन्दा लामो यात्रा तय गरेको जानकारी दिएको छ। जनसभा, कोणसभा, साना भेला, र जमघट, सर्वदलीय बैठकहरु, सांस्कृतिक कार्यक्रम र अन्तरक्रियाहरुका माध्यम बाट लाखौँ नागरिक सँग प्रत्यक्ष भेटघाट गरेको जनाइएको छ। १ करोड २० लाखभन्दा बढी जनता बसोबास गर्ने त्यस भेगको सामाजिक -आर्थिक रूपान्तरण र समृद्धिको नयाँ संकल्प बोकेर फर्केको एमालेले जनाएको छ।

यस १५ दिन लामो यात्राका क्रममा एमालेले के-के गतिविधि गर्यो त्यसको बुँदागत रूपमा हेरौँ।

१. निम्न स्थानहरूमा ४२ वटा जनसभाहरु आयोजना गरिएको जानकारी दिएको छ जसमा गोठालपानी, अमरगढी, सिलगढी, सापेबगर, मंगलसेन, राकम – कर्णाली, दैलेख बजार, सुर्खेत सल्ललिबजार, सिम्ता, छेडागाड, रिम्ना, रुकुमकोट, लुकुम, बुर्तिबाङ, वामीटक्सार, गल्कोट, बाग्लुङ, कुस्मा, हेम्जा, अम्बरसिंह चोक, तालचोक, सुन्दरबजार, पालुङ्टार, आरुघाट, बट्टार, छहरे, बाहुनेपटी, कुन्ताबेसी, खाडीचौर, चरिकोट, मन्थली, खुर्कोट, हर्कपुर, दिक्तेल, पङ्खु, अन्नपूर्ण, भोजपुर, बसन्तपुर, सक्रान्तिबजार, फिदिम, च्यान्थापु लगायत स्थानहरूमा जनसभा सम्पन्न भएको जानकारी दिएको छ।

२. १०० भन्दा बढी संक्षिप्त सभा जनभेला र भेटघाटहरु भएको जानकारी दिएको छ।

३.सर्वपक्षीय उपस्थितिमा जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरुलाई अस्थायी आवास निर्माण गर्न खटिएका स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन र उनीहरूले गरेका कार्यहरूको अवलोकन समेत गरेको जानकारी दिएको छ।

४.दैलेख, गोर्खा,नुवाकोट लगायतका ठाउँहरुमा सर्वदलीय/ सर्वपक्षीय बैठक छलफल र अन्तरक्रिया गरेको जनाइएको छ।

५. सुर्खेत,नुवाकोट,काभ्रे,पाँचथर लगायत ठाउँहरुमा उद्योगी – व्यवसायीहरुसंग छलफल र अन्तरक्रिया गरेको जनाइएको छ।

६.  पेट्रोल उत्खनन् स्थल जलजले दैलेख भेरी बबई डाइभर्सन सुर्खेत सुनकोशी – मरिन  डाइभर्सन रामेछाप – सिन्धुली लगायत विकास आयोजनाहरुको निरीक्षण, अवलोकन र ब्रिफिङ लिएको जनाइएको छ ।

७.  पाख्रीबास धनकुटामा कृषि विकासका सम्भावना र समस्याका बारेमा विज्ञ,विद्यार्थी,र किसानहरु सँग छलफल गरेको जनाएको छ।

८. बयलपाटा अस्पतालमा सामुदायीक स्वास्थय सेवा प्रभावकारी बनाउने विषयमा छलफल गरेको जनाइएको छ ।

९. शहीद दशरथ चन्द, अमरसिंह थापा पृथ्वीनारायण शाह, रामप्रसाद राई र नारदमुनि थुलुङ र यदु गौतमहरुलाई सम्मान स्वरुप माल्यार्पण गरिएको जनाइएको छ।

१०. गुराँसे गाउँपालिका दैलेख मुसीकोट नगरपालिका गुल्मी र याङवरक गाउँपालिका – पाँचथर को प्रशासकीय भवन उद्घाटन गरिएको जनाइएको छ।

११. खोटाङमा पङ्खु – लम्से मुहान खानेपानी आयोजना उद्घाटन र सिन्धपाल्चोकमा स्वच्छ पानी उत्पादन उद्योगको अवलोकन गरिएको जनाइएको छ।

१२.  पन्ध्र कोष धादिङमा हीरक महोत्सव पार्क शिल्यान्यस गरेको जनाइएको छ।

१३.   भोजपुरको टक्सारमा परम्परागत पेशा र सीपको अवलोकन गरिएको जनाइएको छ।

१४.धुलिखेलमा अन्तर्राष्टिय मानवअधिकार दिवस मनाइएको जनाइएको छ।

१५. दैलेखमा राउटे र सिन्धुलीमा माझी समुदायसँग भेटघाट र उनीहरूका गुनासा सुनवाई गरिएको जनाइएको छ।

१६. अमरगढी किल्ला डडेल्धुरा, कोतगढी दैलेख, गोर्खादरार, नुवाकोट दरबार, त्रिपुरासुन्दरी मन्दिर,निङलासैनी मन्दिर, शैलेश्वरी मन्दिर,उग्रतारा डडेल्धुरा, वैजनाथ मन्दिर, शिरस्थान, नाभिस्थान,काक्रे विहार,बाग्लुङ कालिका,नुवाकोट,भैरवी मन्दिर,सिद्धकाली मन्दिर भोजपुर,चोलुङ पार्क तेर्ह्रथुम लगायतका एईतिहासिक , संस्कृतिक र धार्मिक स्थलहरूको अवलोकन गरिएको जनाइएको छ।

१७.पुस्तक विमोचन र एक दर्जन भन्दा बढी स्थानहरूमा राष्ट्रिय झण्डाको झण्डोउत्तोलन गरिएको जनाइएको छ।

१८. विभिन्न पार्टीहरूबाट नेकपा एमाले मा समावेश हुनेहरूलाई स्वागत गरिएको जनाइएको छ।

यसरी सम्पूर्ण गतिविधिहरु लाई हेर्दा देशको पूर्वप्रधानमन्त्री, पूर्वमुख्यमन्त्रीहरु र पूर्वमन्त्रीहरु लगायत एमालेको सम्पूर्ण पार्टी पंक्ति संलग्न यो अभियानले ठूलो महत्त्व राख्दछ । एमाले आफैमा प्रमुख प्रतिपक्षी दल भएकाले अहिले सम्मको विकासको गति प्रभाव र भोलिको आवश्यकतालाई नजिक बाट नियालेकाले यसले भोलि देश सम्बृद्ध बनाउन कोसेढुङ्गा साबित हुने अपेक्षा गर्न सकिन्छ।


समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love