२०८१ कार्तिक ३० शुक्रबार
15 November 2024, Friday
Menu
 

परिवारको साहारा बन्ने दौडमा रहेका वीरेन्द्र शाहको राज्यबाटै हत्यागरीएको वियोगान्त यथार्थ

काठमाण्डौं —अछामको चौरपाटी गाउँपालिका-१, सिउडीका २३ वर्षीय वीरेन्द्र शाह दशैं मनाएर वृद्ध अवस्थाका बुवाआमालाई विदेश जाने गरी बिदा भएर घर बाट हिँडेका थिए उनको शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर मृत्यु भएको छ ।
प्यरालाइसिस भएर थन्किएका बुवा टेकबहादुरका लागि बुढेसकालको भरोसा नै वीरेन्द्र थिए । आर्थिक अवस्था कमजोर भएकाले कोरियाको सपना बुनेर २ वर्षअघि उनी काठमाडौं आएका थिए ।
सिउडी माविबाट २०७८ मा कक्षा १२ सम्मको अध्ययन गरेका वीरेन्द्रले डडेलधुराबाट भेटनरी जेटिए पनि पढेका थिए।नेपालमै बसेर जागिर गर्ने भनेर भेटेनरी जेटिए पढेका उनि आफूले पढेको विषयले जागिर पाइने सम्भावना नदेखेपछि कोरिया जानलाई भाषाको तयारी गर्न काठमाडौं आएका थिए । अन्य देशमा पैसा खर्च गरेर पठाउन सक्ने घरको आर्थिक अवस्था थिएन ।
वीरेन्द्रका दाई लामो समयदेखि सपरिवारसहित भारतमा छन् । वीरेन्द्रका बुवालाई हातमा प्यारालाइसिस भएको धेरै भइसक्यो । दुःख गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले समालिन गारो भएको छ आमा बुवा लाई,आमा घरमा बेहोस भएकी छन्।

आफैं बिरामी पीडा माथि पीडा थपिएको छ उनलाई । सहयोगी लिएर काठमाण्डौं आउँदै छन् उनी । जीवनको साहारा बन्न हिँडेको छोराको लास बुजि पीडा व्योहर्नु उनको बाध्यता भएको छ अब ।
दसैंमा जाँदा बुवाआमालाई केही चिन्ता नगर्नु म विदेश जाने बेला बिदाइ गर्न आउनुपर्छ भन्दै बिदाई भएका थिए उनी। तर, छोराको लास ल्याउन वृद्ध अवस्थाका शरीर नचल्ने बुवा छोराको लासनै लिन आउनु पर्ने समय आयो ।
नेपाली मिडिया नेटवर्क
समाचार ब्युरो

 

Spread the love
Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?