काठमाण्डौं – एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज दिउँसो ३ बजे ललितपुरको बाकुमारीमा वृयत विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको युवा संघ नेपालको साइबर सर्कल सचिव वीरेन्द्र श्रेष्ठले नेपली मिडिया नेटवर्क लाई जानकारी दिएका छन् । घटनाको निष्पक्ष छानबिनको माग,गृहमन्त्री र मन्त्री प्रकाश ज्वलाको राजीनामा मागदै युवा संघले आन्दोलन गर्न लागेको जनाएको छ ।
अस्ति शुक्रबार दिउँसो ललितपुर जिल्लाको बालकुमारीमा ईपीएस परीक्षाको लागि फारम भर्न पाउनु पर्ने माग गर्दै जम्मा भएका युवा माथि प्रहरीको अन्धाधुन्ध लाठी चार्ज असुल ग्यास र हवाईफायरजस्ता ज्यादती बाट सुजन रावत र वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
उक्त घटना बाट देशमा निकै तरंग पैदा भएको छ सरकारले ललितपुरका सिडियो,डिआईजी र ईपीएस शाखा प्रमुख लाई निलम्बन गरीसकेको छ। पीडित परिवार लाई १० लाख राहात स्वरुप दिने घोषणा पनि गरिसकेको छ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क