काठमाण्डौं- आज सोमबार दिउँसो ललितपुरको बालकुमारीमा वीरेन्द्र शाह र सुजन रावतको परिवार र आफन्तले न्यायका लागि आन्दोलन गरेका थिए। मृतकका परिवारले शव नबुझि आन्दोलन गर्न सुरु गरे पछि सरकारले उनीहरू सँग वार्ता गरेको छ ।
पीडित परिवार र सरकार बीच भएको वार्तामा ४ बुँदे सहमति भएको छ। सहमतिका ४ बुँदामा निम्न कुराहरू समेटिएको छ ।
१. मृतकका परिवारलाई परिवारका सदस्यको सल्लाहमा परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने ।
२.सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र सहजीकरण गर्ने।
३.मृतक वीरेन्द्र शाह र सुजन रावत लाई सहिद घोषणा गर्न गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई यथाशीघ्र अनुरोध गर्ने ।
४.मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृहमन्त्रालयले मिलाउने ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क