काठमाण्डौं – युवा संघ नेपालले आईतबार ललितपुरको बालकुमारीमा प्रदर्शन गरेको छ। युवा संघले युवा हरुलाई उतेजित गराएको भन्दै मन्त्री प्रकाश ज्वला र शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामाको माग गरेका छन्।
प्रदर्शनमा सहभागी युवा संघका नेता-कार्यकर्ताले नालायक सरकार चाहिँदैन युवा मार्न पाइँदैन, राज्य आतंक बन्द गर, नालायक गृहमन्त्री राजीनामा दे, राेजगारीकाे हक ग्यारेन्टी गर, शान्ति सुरक्षा कायम गर लगायत नारा लगाएका थिए ।
अस्ति शुक्रबार दिउँसो ललितपुर जिल्लाको बालकुमारीमा ईपीएस परीक्षाको लागि फारम भर्न पाउनु पर्ने माग गर्दै जम्मा भएका युवा माथि प्रहरीको अन्धाधुन्ध लाठी चार्ज असुल ग्यास र हवाईफायरजस्ता ज्यादती बाट सुजन रावत र वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क