२०८१ कार्तिक २६ सोमबार
11 November 2024, Monday
Menu
 

कोशी प्रदेशबाट एमाले र कांग्रेसले राष्ट्रिय सभाका लागि क-कसलाई सिफारिस गरे?

पुष २१ ,काठमाडौँ — एमाले र कांग्रेसले कोशी प्रदेश बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् । एमालेले चार पुरुष र चार महिलाको नाम सिफारिस गरेको छ ।
एमालेबाट सिफारिस हुनेमा पुरुषतर्फ झापाका उमानाथ ओली र हरिशचरण बानियाँ, भोजपुरका पर्शुराम अधिकारी र खोटाङका कर्ण घले छन् । त्यसैगरी महिला तर्फ सुनसरीकी रुकमणी कोइराला, मोरङकी नेचीमाया धिमाल, झापाकी रोशनी मेचे र उदयपुरकी कान्ता राईको नाम एमाले प्रदेश कमिटीले सिफारिस गरेको छ ।

यसअघि कांग्रेसले भने कृष्ण सिटौला, सुजता कोइराला,महेश आचार्य र मिनेन्द्र रिजाललाई पहिलो प्राथामिकतामा राखेर ३८ पुरुष र २५ महिला गरी ६३ जनाको नाम सिफारिस गरिसकेको छ ।
माघ ११ गते हुने निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुने छ। खुलातर्फ कांग्रेसका रमेशजंग रायमाझी र महिला तर्फ माओवादी केन्द्रकी बिना पोखरेलेको पदावधि सकिएपछि निर्वाचन हुन लागेको हो ।

उक्त निर्वाचनमा प्रदेश सभाका ९३ सांसद र स्थानीय तहका २ सय ७४ प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । यो प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक प्रदेश सभा सदस्य छन् ।

त्यसैगरी स्थानीय तहतर्फ कांग्रेसका ११५, एमालेका ११०, माओवादी केन्द्रका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना प्रमुख र उपप्रमुख छन् ।

कोशीमा एमालेको ४ हजार २ सय १०,कांग्रेसको ३ हजार ७ सय २२, माओवादी केन्द्रको १ हजार २ सय ७८, राप्रपाको ३ सय ९४, एकीकृत समाजवादीको ३ सय ४५ र जसपाको १ सय २९ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रदेशमा सत्ता गठबन्धनका नाममा ५ हजार ४ सय ८३ मतभार छ । यो मत भार एमालेको भन्दा १ हजार २ सय ७३ ले बढी हो ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love
Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?