२०८१ चैत्र ७ बिहीबार
20 March 2025, Thursday
Menu
 

एमालेले राष्ट्रिसभा सदस्य निर्वाचनको लागि कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई उमेद्वार टुंगो लगाएको छ

नेकपा एमालेले कोशी प्रदेशमा रिक्तरहेका दुई राष्ट्रियसभा सदस्यका लागि उम्मेद्वार टुंगो लगाएको छ । जसमा पुरुष तर्फ भोजपुरका पर्शुराम अधिकारीले एमालेको पुरुष उमेद्वारको प्रतिनिधित्व गर्ने हुनुभएको छ । अधिकारी एमाले केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

त्यसैगरी महिला तर्फको उम्मेदवारको टिकट सुनसरी जिल्ला इटहरी उपमहानगर पालिका निवासी रुक्मिणी कोइरालाले पाउनुभएको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभाको मतदानका लागि आज अन्तिम मतदाता नामावली प्रकाशित हुँदैछ । सोमबार मनोनयन दर्ताको कार्य तालिका छ ।

उक्त निर्वाचनमा प्रदेश सभाका ९३ सांसद र स्थानीय तहका २ सय ७४ प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । यो प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक प्रदेश सभा सदस्य छन् ।

त्यसैगरी स्थानीय तहतर्फ कांग्रेसका ११५, एमालेका ११०, माओवादी केन्द्रका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना प्रमुख र उपप्रमुख छन् ।

कोशीमा एमालेको ४ हजार २ सय १०,कांग्रेसको ३ हजार ७ सय २२, माओवादी केन्द्रको १ हजार २ सय ७८, राप्रपाको ३ सय ९४, एकीकृत समाजवादीको ३ सय ४५ र जसपाको १ सय २९ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रदेशमा सत्ता गठबन्धनका नाममा ५ हजार ४ सय ८३ मतभार छ । यो मत भार एमालेको भन्दा १ हजार २ सय ७३ ले बढी हो ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love