माघ ४, काठमाडौं- बैंक तथा वित्तीय संस्था विरुद्ध आन्दोलन गर्दै आएका दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात गरिएको छ । बिहीबार दिउँसो २ बजे तिर बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा हातपात भएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो । सभामा करिब २०० मानिस सहभागी थिए । सोही क्रममा प्रसाई माथि हातपात गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंमाथि हातपातको आरोपमा एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्गा प्रसाई पछिलो समय गणतन्त्रको विरोध सँगै बैँक तथा वित्तीय संस्था विरुद्ध को आन्दोलनमा सक्रिय छन् । मङ्सिर ७ गते काठमाडौंमा विशाल आन्दोलन गर्ने घोषणा गरेका प्रसाई लाई सरकारले कडा निगरानी र आन्दोलन कारिलाई तीनकुने बाट हटाए पछि उनको आन्दोलन विफल भएको थियो ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क