माघ ७,काठमाडौं- गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेका तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘सोनाम लोछार डम्फु र टुङ्गना ‘ बोलको गीत सार्वजनिक गरिएको हो । तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि यो अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ । उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ । ‘डम्फु र टुङ्गना बजाउँदै’ सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।
‘सोनाम लोछार’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtube.com/watch?v=Nsl8EkndBeM%3Fsi%3DlRn6M3peKm3gdqnP
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क