२०८२ जेष्ठ ९ शुक्रबार
23 May 2025, Friday
Menu
 

कोशी प्रदेश राष्ट्रिय सभा निर्वाचनमा एक कदम पछि हट्यो एमाले ,अब राप्रपा सँग तालमेल गर्ने

कोशी प्रदेश राष्ट्रिय सभा निर्वाचनमा एक कदम पछि हट्यो एमाले ,अब राप्रपा सँग तालमेल गर्ने

माघ ८,काठमाडौँ – यहीँ माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा एमाले र राप्रपा बिच तालमेल गर्ने सहमति भएको छ।निर्वाचन आचारसंहिता लाग्नुभन्दा केही घण्टाअगाडि एमाले र राप्रपाबिच गठबन्धन गरेर जाने सहमति भयो । सहमति अनुसार एमालेले अन्य तर्फका उमेरद्वार प्रर्शुराम अधिकारीको ठाउँमा राप्रपाका उद्धव पौडेललाई मत हाल्ने र राप्रपाले एमालेकी महिला तर्फकी उमेरद्वार रुक्मिणी कोइराला लाई मत हाल्ने सहमति भएको छ ।

कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।
प्रदेश र स्थानीय तह गरेर एमालेको ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

जसअनुसार सत्ता गठबन्धनको मतभार ५ हजार ४७४ छ भने एमाले–राप्रपा गठबन्धनको कुल मतभार ४ हजार ६४२ छ ।

कांग्रेसकै कतिपय नेता एमाले र राप्रपा मिलेसँगै सत्ता गठबन्धनलाई निर्वाचन जित्न सहज नदेखिएको दाबी गर्छन् । किनकि यसअघि पनि सत्ता गठबन्धनलाई मतदाताले धोका दिएको उदाहरण छ ।

२०७८ साल माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा मत क्रस हुँदा सत्ता गठबन्धनका उम्मेदवार जसपाका हेमराज राईलाई पराजित गर्दै एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए । तर, त्यसबेला सत्ता गठबन्धनको मत र एमाले गठबन्धनको मतको अन्तर निकै कम थियो । त्यसबेला स्थानीय तहतर्फबाट गठबन्धनका २९ जनाले फ्लोर क्रस गरेर एमालेका शेर्पालाई मत दिएका थिए ।

पुनः त्यही अवस्था दोहोरिएको खण्डमा सिटौलासहित सत्ता गठबन्धनकी अर्की उम्मेदवार कार्कीलाई जित निकाल्न गाह्रो हुने देखिन्छ ।

उता निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रहरू सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छापेको आयोगले जनाएको छ ।

प्रदेशगत रूपमा रहेका निर्वाचक मण्डलका सदस्यको सङ्ख्या तथा निर्वाचन हुने पद सङ्ख्यालाई आधार मानेर आयोगले कोशी प्रदेशमा हुने दुई पदको निर्वाचनका लागि चार प्रकारका ९२० मतपत्र पठाएको आयोगले जनाएको छ ।

आगामी २०८० फाल्गुन २० गते देखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुनलागेको हो। उक्त निर्वाचनको मतदानका लागि ३८ प्रकारका कूल ६ हजार ९१० मतपत्रहरू छापिएको आयोगले जनाएको छ ।

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क

Spread the love