२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

के हो पञ्चा सिंह पक्राउको हल्ला ?

के हो पञ्चा सिंह पक्राउको हल्ला ?

 

माघ ९ काठमाडौं -१५ वर्षअघि सुर्खेतको जनमाविमा अध्ययनरत कालिकोटका राजबहादुरको २०६५ फागुन २६ गते साँझ आफू अध्यनरत विद्यालयमा नै खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए।

स्ववियु निर्वाचनको विषयमा विवाद भएको र त्यही विवादका बिच राजबहादुरमाथि आक्रमण हुँदा उनको मृत्यु भएको बताइन्छ । स्ववियु निर्वाचनको विवाद तत्कालीन शिक्षा क्याप्पस र बहुमुखी क्याम्पसमा थियो तर, राजबहादुर भने जनमाविमा अध्ययनरत थिए ।

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंह त्यो बेला बहुमुखीको इञ्चार्ज थिइन् । नन्दबहादुरले दिएको उजुरीमा भनिएको छ, ‘स्ववियुको निर्वाचनको विषयलाई लिएर नेकपा एकीकृत माओवादी निकट वाईसिएल, अखिल क्रान्तिकारी र जनमुक्ति सेनाका कार्यकर्ता र मेरो छोराबिच झगडा भइरहने गर्दथ्यो ।’

प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको जनाइएको छ ।

उता पक्राउ अनुमतिको विषय बाहिरिएसँगै अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले आफूविरुद्ध दर्ता गरिएको जाहेरी ‘फेक’ भएको टिप्पणी गरेकी छन् । ‘कथित फेक जाहेरीमा जे–जे विषय उल्लेख गरिएको छ, त्यो कति कपोलकल्पित र तथ्यहीन छ भन्ने कुरा तत्कालीन स्ववियु सभापतिका उम्मेदवारहरु, लखेट्न गएको भनिएका घरमालिक के भन्नु हुन्छ, एक पटक सुन्नु होला अनि धारणा बनाउनु होला,’ सामाजिक सञ्जालमा एक भिडिओ शेयर गर्दै उनले लेखेकी छन् । उनले ‘कथित’ नक्कली जाहेरी खारेज गर्ने र जाहेरीका कथाकारहरुको मुखुण्डो चाँडै सार्वजनिक गरिने पनि जनाएकी छन् ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love