माघ ९,काठमाण्डौ – माघ ११ गते रिक्त १९ सिटको लागि राष्ट्रिय सभा निर्वाचन हुन गइरहेको छ । यो पटकको चुनावमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा हुने भएको छ। कोशी प्रदेशमा एमाले ले पनि राप्रपा सँग गठबंधन गर्ने सहमति गरेको छ । जसअनुसार अन्य तर्फ राप्रपाका उद्वप पौडेल र महिला तर्फ एमालेकी रुक्मिणी कोइराला लाई मतहाल्ने सहमति भएको छ। गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले १० माओवादीले ६ नेकपा(समाजवादी)ले २ र जसपाले १ सिटमा भागबण्डा गरेका छन् भने एमालेले १८ सिटमा चुनाब लड्दै छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना को पनि पदावधि समाप्त हुने भएसँगै आगामी अध्क्षयमा कांग्रेसका सिटौला लाई जिताएर नियुक्ति गर्ने दाउमा गठबंधन रहेको केही विश्लेषक हरूको बुझाइ छ।
अहिले राष्ट्रिय सभाको अध्क्षय एमालेको तर्फबाट भएकोले प्रधानमन्त्री प्रचण्ड संवैधानिक परिषदमा अल्पमतमा परेका कारण संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अगि बढ्न नसकेको जानकारहरु बताउँछन्।
अब ११ गते हुने निर्वाचन पछि एमाले राष्ट्रिय सभामा कमजोर हुने र गठबन्धनले राष्ट्रिय सभाको अध्यक्ष पाउने र त्यसको लागि योग्य उमेद्वार को रुपमा सिटौलालाई कांग्रेस र माओवादीले अगाडि सार्ने धेरैको आकलन छ ।
उता कोशी प्रदेशमा कुनैपनि दलको स्पष्ट बहुमत नभएको र सत्ता पक्ष र प्रतिपक्ष दुवैलाई बहुमत पुर्याउन गारो भएकाले सत्ता टिकाउन गारो भएको देखिन्छ । पहिले प्रदेशको विरुद्धमा रहेको राप्रपा लाई साथ लिएर एमालेले सरकार चलायो भने अहिले राप्रपालाई सभामुख दिएर गठबंधन सरकार टिकाउने दाउमा देखिन्छ भने एमाले राप्रपालाई आफू सँगै सहकार्य गरोस् भने चाहन्छ । राप्रपाले यो सबै बुझेर दुवै पक्ष बाट लाभ लिने रणनीति लिएको जानकारहरु बताउँछन् ।
राप्रपाले यो सबै परिस्थिति सँग खेल्दै राष्ट्रिय सभाको अन्य तर्फको उमेरद्वारमा उद्धव पौडेल लाई सघाउन एमालेलाई मनाउन सफल भएको छ ।
११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कोशीमा कडा प्रतिस्प्रधा हुन सक्ने अनुमान छ। मतभारका हिसाबले एमाले – राप्रपा गठबन्धन मा कम देखिएपनि हिजोका निर्वाचनलाई हेर्ने हो भने मत क्रस हुने संभावना लाई पनि नकार्न सकिंदैन।
कोशी प्रदेशमा जीत कुन गठबन्धनको हुन्छ थाहा पाउन ११ गते बेलुका सम्म कुर्नै पर्ने देखिन्छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क