माघ ९, काठमाण्डौ – नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी यात्राको क्रममा प्राप्त भएका जनताका माग र समस्याहरूबारे आज एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापन पत्र बुझाएकको छ।
१८ दिने लामो यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग छन्। जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन्।
अध्क्षय ओलिले प्रधानमन्त्रीलाई प्रस्तुत माग दराजमा थन्क्याएर नराख्नुहोला भनेको छु भन्दै भेटपश्चात सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्। प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम र बजेटमा यी विषयलाई जति सक्दो समावेश गर्ने वाचा गर्नु भएको छ उनले लेखेका छन्। एमालेले ज्ञापनपत्रको निरन्तर फलोअप गर्न पूर्व अर्थमन्त्री तथा पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिएको जानकारी पनि अध्क्षय ओलिले दिएका छन्।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले पत्र बुझाएको हो ।
सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय सम्बृद्धिका लागि संकल्प यात्रा नाराका साथ गएको मंसिर १४ देखि पुस १ गतेसम्म गरिएको सङ्कल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको एमालेले जनाएको छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क