२०८१ मंसिर २६ बुधबार
11 December 2024, Wednesday
Menu
 

नेपाल-भारत सम्बन्ध बर्तमान र भविष्यका चुनौति विषयक अन्तरक्रिया कार्यक्रम(भिडियो)

नेपाल-भारत सम्बन्ध बर्तमान र भविष्यका चुनौति विषयक अन्तरक्रिया कार्यक्रम(भिडियो)

माघ १३, काठमाण्डौ – भोजपुर -काठमाण्डौं सम्पर्क मञ्चले नेपाल-भारतको वर्तमान सम्बन्ध र भविष्यका चुनौति विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई विशेष अतिथि पूर्व रसियाका लागि नेपाली राजदूत हिरण्यलाल श्रेष्ठ,पूर्वपर्यटनमन्त्री तथा संविधान सभा सदस्य कृपासुर शेर्पा र भोजपुर जिल्लामा स्थाई बसोबास भई हाल काठमाण्डौं उपत्यकामा उपलब्ध प्राध्यापक, बुद्धिजीवी,कानून व्यवसायी, पत्रकार,राजनीतिकर्मी तथा युवा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा भोजपुर -काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष फुर्बा तेन्जिङ्ग शेर्पाले भारत र नेपालका बीच हाल रहेको सम्बन्ध र भविष्यका चुनौती समेटिएको ५ पृष्ट लामो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. राजन भट्टराईले अहिलेको विश्वमा बलप्रयोगको नीतिले कुनैपनि राष्ट्र सफल हुने स्थिति छैन शान्तिपूर्ण तवरले संवादका माध्यमबाट हल गरेर जानुपर्ने हुन्छ झन् हामी जस्तो सानो देश सैन शक्ति कमजोर भएको मुलुकले त छिमेकी सँग नियुखोज्ने काम गर्नै हुदैन उहाँले भन्नु भयो । हिजो भएका असामान सन्धि सम्झौता वार्ता र संवादबाट समाधान गर्नु पर्ने बताउनु भयो । यदि हाम्रो सार्वभौम सत्ता अखण्डता स्वाधीनता राष्ट्रियहितमा कसैले आँच पुरयाउने काम गरेमा चुपलागेर बस्न नसक्ने उहाँले बताउनु भयो।

कार्यक्रमका विशेष अतिथी पूर्व राजदूत तथा परराष्ट्रबिद हिरण्यलाल श्रेष्ठले अहिलेको गठबन्धन सरकारले भाजपा सँग मात्र छलफल गरेको भारतमा पनि हामी नेपाली प्रति सद्भाव राख्ने छन् तर यो सकार उनीहरू सँग छलफलका लागि पनि तयार छैन हामी अमेरिकाको भारतको चाइनाको हुने भन्दापनि नेपालीको हुनुपर्यो भन्दै भारत सबै सँग मिलेर फाइदा लिइरहेको छ हामीले चाई कोइकस्को कोइकसको भयौं राष्ट्रिय सवालमा एक भएनौ भन्नु भयो ।

युक्रेनमा जेलेस्की नजिकको छिमेकी लाई छाडेर अमेरिका सँग लागेका कारण युक्रेन ध्वस्त भएको स्मरण गर्दै भोलि हामीले पनि जियो पोलिटिक्स बुझेनौ भने भोलि हाम्रो पनि हालत त्यस्तै हुन्न भन्न सकिन्न नेपाल अहिले दुई ढुङ्गाको तरुल मात्र नभई तीन ढुङ्गाको बीचमा रहेको छ भन्नु भयो। हामीले कसैको सुरक्षा छाता ओढ्न नहुने भन्दै दुईपक्ष सम्बन्ध सबै मुलुक सँग राम्रो बनाउनु पर्ने कुरामा जोड दिनुभयो।

यो सरकार एमसीसी को पछि मात्र लागेको छ विदेश नीतिको लागि हामी सबै एक हुनुपर्नेमा जोड दिदै यो हाम्रो भूमि युद्धको भूमि नभई बुद्धको भूमि शान्तिको भूमि भएको स्मरण गराउनु भयो।

पश्चिमेली हरूको अन्त्य गरी हाम्रा युवालाई भाडाका सिपाही हैन शान्तिका लागि विश्वभर पठाउनु पर्छ भन्नु भयो।

 

डा. राजन भट्टराई को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

 

परराष्ट्रबिद हिरण्यलाल श्रेष्ठको भिडियो हेर्न तलको लिंकमाक्लिक गर्नुहोस्।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

 

Spread the love