२०८१ चैत्र ७ बिहीबार
20 March 2025, Thursday
Menu
 

युवा संघ नेपालले केपी ओली कपको खेलतालिका सार्वजनिक गरेको छ

युवा संघ नेपालले केपी ओली कपको खेलतालिका सार्वजनिक गरेको छ

२३ माघ, काठमाडौं – राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका आज सार्वजनिक गरीएको छ ।

यही फागुन ११ गते देखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि आज युवा संघ नेपालले खेलतालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा दुई विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा ७ ए डिभिजन क्लब एक आयोजक र दुई विदेशी टिम छन् । भारतको दिल्ली फुटबल क्लबले पहिलो पटक केपी ओली कप खेल्न लागेको छ ।

यस्तै भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले पनि प्रतियोगिता खेल्नेछ । यसअघि भुटानको पारो एफसी आउने भनिए पनि अन्तिम समयमा नआउने भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन् । यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको खेलहरु एन्फा कम्प्लेक्सको मैदानमा हुने र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा खेलाइनेछ।

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क 

 

 

Spread the love