२०८१ मंसिर २५ मंगलवार
10 December 2024, Tuesday
Menu
 

गणतन्त्र भनेको यही हो त?कहिले बन्छन् हाम्रा स्वस्थ्य संस्था सुरक्षित र भरपर्दो?(साथमा भिडियो)

गणतन्त्र भनेको यही हो त?कहिले बन्छन् हाम्रा स्वस्थ्य संस्था सुरक्षित र भरपर्दो?(साथमा भिडियो)

केही दिन अघि ५ महिनाको बच्चालाई ज्योरो आयो टिचिङ्ग हस्पिटल लगेर डाक्टरलाई देखाई २ दिन निको खुवाए पछि ज्वरो ठीक भयो तर बच्चालाई सास बढेको घ्यारघ्यार गरिरहेको थियो ।निमन्या हुने डरले माघ २९ गते कान्ति बाल अस्पताल महाराजगन्जमा दिनको दुई बजे तिर पुग्दा ओपिडी बन्द भइसकेको रहेछ र बच्चालाई इमर्जेन्सीमा लगियो । मौसम परिवर्तनको कारणले धेरै बच्चाहरू बिरामी परेको र इमर्जेन्सीमा भीडभाड रहेको थियो ।

डिउटीमा दुईजना लेडिज डाक्टर हुनुहुँदोरहेछ । एकछिन पालो कुरे पछि पालो आयो । बच्चा हेर्न सुरु गर्ने बित्तिकै डाक्टरको मोबाइलमा म्यासेज आयो।उहाँले हामीलाई एकछिन है भन्दै म्यासेज हेर्नुभयो । म्यासेज अस्पताल प्रशासन बाट आएको हुनुपर्छ उहाँ सहकर्मी डाक्टरलाई भन्दै हुनुहुन्थ्यो मेरो भोलिपनि डिउटी? उहाँलाई जीमेवारीको बाँडफाँडमा चित्त नबुझेको देख्न सकिन्थ्यो । उहाँले बिरामी बच्चा हेर्ने काम यस्तै प्रेसरमा सक्नु भयो । थप चेक जाँच को लागि र औषधि लेखिदिनु भयो । औषधि किनेर ल्याउँदा थाहा भयो सलाइन पानी पनि लेखिदिनु भएको रहेछ । हामी साधारण मान्छेले हेर्दा पनि सलाइन चडाउन पर्ने जस्तो थिएन बच्चा दुध राम्रै खाइरहेको थियो । नीमन्या हुन्न नपाओस् भनेर घ्यारघ्यार के भएर हो डाक्टर सँग सल्ला लिएर औषधि खुवाउनु पर्यो भन्ने उद्देश्यले साधारण सल्ला सुझाव लिन बच्चा अस्पताल लगिएको थियो ।

लेखे बामोजीम औषधि ल्याएर नर्सलाई दियो र यो आवस्यक छर भनेर सोधियो? भएर त लेख्नुभयो होला? नभए हामीलाई पनि किन यो झन्जट हुने थिएन नि भन्ने जवाफ आयो । रगत पिसाब चेक गर्न दियो र सलाइन जोडेर बच्चालाई राखियो ।

सिनियर डाक्टर को राउण्ड सुरुभयो र डाक्टरले बच्चा हेर्ने बितिकै आमालाई गाली गर्नु भयो यस्तो फ्रेस बच्चालाई किन सलाइन लागाएको भनेर । जुनकुरा हामीलाई पहिलै लागेको थियो आवस्यक छैन भनेर तर उपचार गर्न लगेको र डाक्टरले भनेको भएर आवस्यक छैन भन्ने लागेर पनि डाक्टरले भने बमोजिम गरियो ।

राउन्डमा दुईजना डाक्टर हुनुहुन्थ्यो बच्चा चेक गरेपछि उहाँहरू दुईजना बीच घर पठाउने की राख्ने भन्ने कुरामा एकमत भएन अन्त्यमा बच्चालाई अभजरभेशनमा राख्ने निर्णय भयो । रिपोर्टहरू सबै नर्मल्नै थियो ।

अभजरभेशन रुममा २५ जना राख्ने बेड थियो प्रायजसो सबैमा दुई दुई जना विरामी बच्चा राखिएको थियो । त्यहाँ डाक्टर समयमा बिरामी हेर्न नआएको र आएर पनि समय नदिई निस्केर गएको कुरा देख्न सकिन्थ्यो । नर्स हरूको आशय पनि त्यस्तै देखिन्थ्यो ।


भोलिपल्ट पुस १ गते दिउँसो करिब १ बजे तिर को कुरा हो एकजना अभिभावकले बिहानै बच्चालाई इमर्जेन्सीमा लिएर आउनुभएको रहेछ । उहाँको बच्चालाई पनि अभजरभेशन रुममा पठाएको रहेछ । डाक्टरले समयमा बिरामी नहेरिदिएको भनेर उहाँले नर्स हरुसंग झगडा गर्नु भयो । नर्स हरुले समाल्न नसकेपछि प्रशासन मा फोन गर्नु भयो फोन उठेन या उहाँहरुको गुनासो सुनिएन उहाँहरू के गर्ने कसो गर्ने एकदमै त्रसित मुन्द्रमा हुनुहुन्थ्यो । सुरक्षाका लागि राखिएका सेकुरिटी गार्ड पनि अनिर्णीत भाई दर्शक बनी रहेका थिए । कलिला बिरामी बच्चा राखिएको वार्ड रेस्लिङ्ग को रिंग जस्तो तनाव ग्रस्त थियो ।

नर्स हरूको जागिर ७२ घण्टा भित्र खाइदिने धम्की दिइरहेको थिए झगडा गर्ने मानिस । म यो अस्पतालको निर्णायक मान्छे हुँ सबैलाई ठीक पार्छु भनेर धमक्याई रहेका थिए । उनीले त्यस्तो बिरामी बच्चा भएको ठाउँमा करिब आधा घण्टा आफ्नो अराजक हर्कत जारी राखे कसैले समाल्न सकेनन् र डाक्टरले आएर उनीलाई उनले भनेको ठाउँमा रिफर लेखाएर उनी बारिए।

यो एउटा प्रतिनिधी घटना मात्र हो सरकारी अस्पताल हरुमा जाँदा जहाँपनि शौचालय दुर्गन्धित भएर अस्पतालमा बस्न नसक्ने हुन्छ र उपचार मा पनि हेलचेक्राइँ भएको देख्न सकिन्छ । नागरिक देखि प्रशासन सबै आफैं राजा हुँ भनी आफूखुसी चलेको देखिन्छ । यो सबै हेदैगर्दा लाग्छ साच्चिकै गणतन्त्र भनेको यस्तै छाडा तन्त्र हो त? के अब नेपाल बनाउनु सकिँदैन त? सरकारी स्रोत साधन भनेको पहुंच वालाको लुटिखाने भाँडो मात्र हो त? हामी सरकारी पहुंच नभएका नेपालीले अब की देश छोड्नु पर्यो कि अनाक मा मृत्यु वरण गर्नु पर्यो त? हाम्रो स्वस्थ्य क्षेत्र कहिले माफिया बाट मुक्त हुन्छ? हामी नेपालीले कहिले हाम्रो स्वस्थ्य उपचारमा ढुक्क हुन सक्छौं? यस्ता दर्जनौं जिज्ञासा अनुत्तरित छन् आज ।

यो वास्तविक घटना मा आधारित लेख सँग सम्बन्धित भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love