फागुन ७,काठमाडौँ – हिजो बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको मोर्चाको बैठकबाट नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव समाजवादी मोर्चा नेपालको संयोजक बनेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा हिजो बिहान प्रधानमन्त्री कार्याल बालुवाटारमा बसेको मोर्चाको बैठकबाट विप्लव संयोजक बनेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहभागी सो बैठकले प्रतिगामी र साम्राज्यवादी षड्यन्त्र तिब्र भएकोले यसको विरुद्ध लड्ने निर्णयसमेत गरेको बताइएको छ ।
गत असार ४ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए ।
मोर्चाको सचिवालयमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल ,जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्ग बहादुर विश्वकर्मा”प्रकाण्ड” रहेका छन् ।