२०८१ मंसिर २६ बुधबार
11 December 2024, Wednesday
Menu
 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज ज्ञापनपत्र बुझाउदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज ज्ञापनपत्र बुझाउदै

९ फागुन, काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टीले आज प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाउनका साथै आजदेखिनै देशैभर प्रदर्शन पनि गर्ने जनाएको छ ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेर प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।

आजदेखि काठमाडौंसहित देशभरका विभिन्न जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आज काठमाडौंमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्‍यालीसहित दबाबमूलक कार्यक्रम गर्ने तथा देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला गर्ने राप्रपाको तयारी रहेको जानकारी दिएको छ।

 

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क 

 

 

 

Spread the love