२०८१ कार्तिक २६ सोमबार
11 November 2024, Monday
Menu
 

७ दिन भित्र ललिता निवास क्षेत्र खाली गर्नु नत्र कानुन बमोजिम गरिने छ – महानगरपालिका

७ दिन भित्र ललिता निवास क्षेत्र खाली गर्नु नत्र कानुन बमोजिम गरिने छ – महानगरपालिका

फागुन ९, काठमाडौं – काठमाडौं महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र सङ्घसंस्थाहरुलाई सूचना जारी गरेको छ । बुधबार सार्वजनिक सूचनामार्फत सात दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न कानुन बमोजिम महानगरपालिका अघि बढ्ने जानकारी गराएको छ ।

‘विशेष अदालत, काठमाडौंबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको “सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको” मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत गरी सरकारी भएको कुरा सूचनाद्वारा महानगरपालीकाले सूचित गरेको छ ।

सूचना प्रकाशन गर्नुपर्ने कारण जनाउँदै भनिएको छ, ‘‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद – १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत संभार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको छ । विशेष अदालत, काठमाडौंको उक्त फैसलाबाट जफत गरी सरकारी भएको काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ ।’’

सार्वजनिक स्थान छोड्ने सम्बन्धमा सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घ संस्थाहरु सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।’’

सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा यसै सूचनामार्फत सूचित गरिएको छ ।

यस्तो छ गोरखापत्रमा प्रकाशित सूचना

Spread the love
Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?