२०८१ चैत्र ७ बिहीबार
20 March 2025, Thursday
Menu
 

एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको सम्मेलनमा भाडभैलो एक समूहले बहिस्कार अर्कोले निर्वाचन (मत र भिडियोसहित)

एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको सम्मेलनमा भाडभैलो एक समूहले बहिस्कार अर्कोले निर्वाचन (मत र भिडियोसहित)

फागुन १४,काठमाडौं – नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको सम्मेलन भाँडभैलोमा परिणत भएको छ।

अस्ति १२ गते शनिबार ९ बजे उद्घाटन समारोह सुरु भएको थियो । उद्घटनसमारोहमा जिल्लाका सबै नेताको उपस्थिति थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न जोड दिएका थिए।

भोजपुर-काठमाडौं सम्पर्क मञ्चले ३५० जना प्रतिनिधि सर्व सहमतिबाट टुग्याएकोमा नियोजित तरिकाले उपाध्यक्ष ईश्वर आचार्यको टिमले प्रतिनिधि फेरबदल गरी प्रतिनिधिको ठेगाना समेत कुन पालिकाको हो नखुलाई समग्र भोजपुर भनी किर्ते मतदाता नामावली सार्वजनिक गरेपछि विवाद सुरु भएको उप – सचिव श्रेष्ठले जानकारी दिनुभयो।

आयोजक र नयाँ सदस्य सहीत ३५० जनाको प्रतिनिधि टुङ्ग्याइएकोमा मतदाता नामावलीमा पधाधिकारीहरु उपाध्यक्ष सञ्जु राई ,उप – सचिव वीरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष अविरल कार्की लगायत धेरै आयोजक समितिका प्रतिनिधिको नामनै हटाइ मतदाता नामावली प्रकाशन गरेपछि हल तनाव ग्रस्त भएको जानकारी श्रेष्ठले दिनुभयो ।

प्रतिनिधि फेरबदल/हटाएको विषयमा विवाद हुँदा सचिव ढोकल बहादुर आले मगर माथि  पूर्व मन्त्री कृपासुर शेर्पा बाट हातपात समेत भएको जानकारी श्रेष्ठले दिनुभयो।

प्रतिनिधिको विषयमा उहाँहरूले प्राविधिक त्रुटि भएको भनी सच्याएपछि बन्दसत्र अगाडि बढेको जानकारी श्रेष्ठले दिनुभयो।

नेतृत्वको विषयमा सहमति नजुटे पछि १३ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा टुंग्याउने गरी सम्मेलन स्थकित गरेको थियो।

१३ गते केन्द्रीय कार्यालय च्यासलमा दिनभर सहमतिको लागि प्रयास गरेतापनि सहमति नभएपछि सचिव ढोकल बहादुर आले मगरको टिमले हल बहिस्कार गरेको जानकारी सचिव श्रेष्ठले दिनुभयो ।

मगर समूहको बहिस्कार पश्चात साँझ अबेर उपाध्यक्ष ईश्वर आचार्यको टिमले निर्वाचन गरेको र निर्वाचनमा ४४ प्रतिशत मतदान भएको र बाँकी ५६ प्रतिशतले बहिस्कार गरेको जानकारी उप -सचिव श्रेष्ठले दिनुभयो ।

ईश्वर आचार्यको टिमले निर्वाचन बाट नेतृत्वको चयन गरेको नाटक गरेतापनि ४४ प्रतिशत मात्र मतदान भएको र निर्वाचन वैधानिक नभएको पुष्टि आचार्य समूहले सम्पन्न निर्वाचनमा पाएको मत सार्वजनिक गरे बाटनै देखिने उप – सचिव श्रेष्ठले जानकारी दिनुभयो।

आश्चर्य समूहले सार्वजिक गरेको मतपरिणाम यसप्रकार रहेको जानकारी उप – सचिव श्रेष्ठले दिनुभयो जसमा आचार्यले १४७ मत ल्याउँदा ढोकल बहादुर आले मगरलाई समेत ५ भोट आएको थियो । महिला उपाध्यक्षमा प्रजुना चौहान शेर्पा १४१ ल्याउँदा सञ्जु राई लाई समेत ८ भोट आएको थियो । खुल्ला उपाध्यक्षमा पासाङ शेर्पाले १४७ भोट ल्याउँदा पर्शुराम रोक्कालाई पनि २ भोट आएको थियो।सचिवमा फुर्लाक्पा शेर्पाले १४३ भोट पाउँदा वीरेन्द्र श्रेष्ठलाई समेत ८ आएको थियो । उप-सचिवमा महेन्द्र घिमिरे १३४ मत ल्याउँदा अविरल कार्की लाई १३ मत आएको थियो ।

ईश्वर आचार्य लाई केन्द्रीय सदस्य हरिबहादुर राई, पूर्वमन्त्री कृपाशुर शेर्पा, जिल्ला अध्यक्ष शरणकुमार राईले भइसकेको सहमति नमान्न उक्साएर भाडेको  उप -सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

सचिव ढोकाल बहादुर आले मगर माथि भएको हातपात र प्रतिनिधि फेरबदल को विषय अध्यक्ष मण्डल र निर्वाचन आयोग लाई लिखित रुपमा निवेदन बुझाई सम्मेलन स्थगित गर्न अनुरोध गर्दा कुनै सुनवाई नभएपछि निर्वाचन बहिस्कार गरिएको जानकारी उप – सचिव वीरेन्द्र श्रेष्ठले दिनुभयो ।

भिडियो हेर्न तल लिंकमा क्लिक गर्नुहोस् 

        प्रकाशित मिति २०८०/११/१४  २:१३ 

Spread the love