२०८१ चैत्र ७ बिहीबार
20 March 2025, Thursday
Menu
 

रूसी सेनामा भर्तिभएका नेपालीको दोहोरो भूमिका, सरकारलाई थप चुनौती

रूसी सेनामा भर्तिभएका नेपालीको दोहोरो भूमिका, सरकारलाई थप चुनौती

फागुन १८,काठमाडौं – रुसी सेनामा भर्ती भई मृत्यु, घाइते, सम्पर्क विहीन र उद्धारको लागि याचना गर्ने नेपालीको संख्या बढ्दै गएको छ । भर्ना भएकालाई छिटो फर्काउन परिवारका सदस्यले सरकारलाई आग्रह गरिरहँदा रुसी सेनामा भर्ती भएका केही नेपाली युवाहरु भने रुसी नागरिकता लिनको लागि फारामसमेत भर्न थालेका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत पुस १९ मा नयाँ आदेश जारी गर्दै रुसका लागि लड्ने विदेशी नागरिकलाई र उसको परिवारलाई रुसी नागरिकता तथा पासपोर्ट प्रदान गर्ने घोषणा गरेका थिए । पुटिनले आदेशमा युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ जारी रहेको समयमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिक, उसको श्रीमती, छोरा–छोरी र बाबु–आमालाई रुसी नागरिकता प्रदान गर्न अनुमति दिएका हुन् । 

रुसी सेनामा भर्ती हुनेले कम्तिमा एक वर्षको लागि सेनामा रहने सम्झौता गरे उसले र उसका परिवारका सदस्यलाई सुरुमै रुसी नागरिकता प्रदान गरिने र रुस आउन दिने नयाँ घोषणामा उल्लेख छ ।

 यता नेपालमा ६ सय भन्दा बढी रुसी सेनामा भर्ती भएकाका परिवारले संगठित हुँदै सरकारलाई फिर्ता ल्याइदिन दबाब श्रृजना गरिरहेका छन्। उता रुसले चाई विदेशी भाडाका सैनिकले नै युक्रेन सँगको युद्ध लडिरहेकाले विदेशी हरुलाई थप आकर्षित गर्ने र टिकाइराख्न नयाँ नयाँ सुविधा उपलब्ध गराउने नीति लिएको पाइएको छ। पुटिनको पुस १९ को आदेशले नेपालमाथि थप चुनौती थपदिएको छ ।

रुसि सेनामा सरकारले थाह नपाई गैरकानुनी तवरले नागरिक गइरहेका छन् । देश छोडी अर्को देशको नागरिकता पाउनुलाई गर्व ठान्ने नेपाली संस्कारनै बिकास भएको छ आजभोलि। रूस युक्रेनको युद्धमा सामेल हुने रिक्स पनि केही नेपालीले रुसी नागरिकता पाउने नियमका कारण बुझेर नै सामेल भएका र केहीलाई दलाल हरुले झुक्याएर पुर्याएको भन्ने कुरा समाचारहरु सार्वजनिक भइरहेका छन् ।

यता परिवार याँचना गरी सरकारलाई दबाब श्रृजना गरिरहेका छन् भने सेनामा भर्ती भएकाले चाई नागरिकता लिने प्रक्रिया थाल्नुले सरकारलाई थप चुनौती थपिदिएको छ। 

Spread the love