२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

 भत्कियो सत्ता गठबन्धन, एमाले सहितको पुरानै गठबंधन वियुतियो

 भत्कियो सत्ता गठबन्धन, एमाले सहितको पुरानै गठबंधन वियुतियो

फागुन २१, काठमाडौं – अन्ततः लामो प्रयास पछि एमालेले पुरानै गठबंधन फर्काउन सफल भएको छ। हालको सत्ता गठबन्धन भत्किएको छ ।एमाले स्रोतका अनुसार  आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार, आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एकपटक प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग आज कुरा गर्दैछन् । ‘एमालेसँग भएको सहमति अनुसार नै प्रचण्डले देउवालाई भेट्न लाग्नु भएको हो । भेटमा नयाँ सहमति जुटेको कुरा नै भन्नु हुन्छ होला’, स्रोतले भन्यो ।

पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो ।

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क 

Spread the love