२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

जोगाउनुुपर्ने बाटनै व्यवस्थामाथि संकट : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

जोगाउनुुपर्ने बाटनै व्यवस्थामाथि संकट : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

 

फागुन २४,काठमाडौँ —पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हिजो व्यवस्था परिवर्तन गर्न संघर्ष गरेका साथीहरूबाटै अहिलेको व्यवस्थामाथि संकट बढिरहेको बताएका छन् । बुधबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले विगतमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्तिमा सहकार्य गर्नेहरुबाटै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई असफल बनाउने काम भइरहेको टिप्पणी गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई भर्खर जन्मिएको बालकको रुपमा चित्रण गर्दै उनले भने भखर जन्मेको बालकलाई काखमा राखेर रेट्ने काम भएको बताए ।प्रधानमन्त्री दाहालले संघीयतालाई सक्ने काम गरिरहेको आरोप लगाए । अहिले सरकार बच्चाको खेल जस्तो गरेर बनाउने, गिराउने काम भइरहेको भन्दै उनले भने कांग्रेस, कम्युनिष्ट भनुस वा माओवादीहरु सबैको एउटै गोत्र र धर्म भनेको भ्रष्टाचार रहेको आरोप लगाए ।

‘राज्यमा अहिले जे भइरहेको छ, गलत भइरहेको छ । कतै यो व्यवस्था नै उल्टिने हो की भन्ने आशंका हुन थालेको छ, जसले हिजो क्रान्तिको नेतृत्व गरेर यो व्यवस्थाको रक्षा गर्ने जिम्मेवारी लियो, उनीहरुबाटै आज यो व्यवस्था स‌ंकटमा पर्दै गएको छ,’ उनले भने, ‘यो दोष यिनीहरुले नै लिनुपर्छ ।’

उनले भर्खर जन्मिएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई हुर्काउनुको सट्टा काखमा राखेर रेट्ने र जनतामा तिब्ररुपमा वितृष्णा पैदा गराई यो व्यबस्थानै उल्टाउने खेल त हैन भन्ने संका उब्जिएको बताए । अध्यक्ष भट्टराईले अहिले अस्थिरता सिर्जना गरेर व्यवस्थालाई नै धराशायी बनाउने काम भइरहेको आरोप लगाए ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love