फाल्गुन २९, काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूका लागि ह्वीप जारी गरेको छ ।
काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार सांसदहरूका लागि ह्वीप जारी गर्नु भएको हो । प्रधानमन्त्री दाहालले पर्सी बुधबार बस्ने प्रतिनिधिसभामा विश्वासको प्रस्ताव पेस गर्ने तय भएको छ ।
काँग्रेससँग गठबन्धन तोडेर एमालेसँग प्रधानमन्त्रीले सत्ता गठबन्धन सुरु गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा २ अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री दाहालले पर्सी बुधवार संसदबाट विश्वासको मत लिने तय भएको छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क