२०८१ आश्विन २५ शुक्रबार
11 October 2024, Friday
Menu
 

प्लाइउड उद्योगमा आगोलागी दुई दिनपछि निभाइयो, १५ करोड बराबरको क्षति

प्लाइउड उद्योगमा आगोलागी दुई दिनपछि निभाइयो, १५ करोड बराबरको क्षति

मेचीनगर १५, झापा – ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो बुधबार निभाइएको छ । उद्योगमा लागेको आगो बुधबार अपराह्न निभाइएको हो ।

काठको विशाल घाटगद्दी भएकाले आगो निभाउन ६० घण्टाभन्दा बढी समय लागेको उद्योगका सञ्चालक सन्तोष आचार्यले संञ्चारकर्मी लाई जानकारी दिए।

आगलागीबाट १५ करोड रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको उनले बताए । उनका अनुसार आगलागीबाट उद्योगको मुख्य ब्लक पूर्णरूपमा क्षतिग्रस्त भएको छ । भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई खरानी भएको छ ।

नेपालकै ठूलो मानिएको प्लाइउड उद्योगमा एक हजार २०० मजदुर कार्यरत छन् । त्यहाँ उत्पादित सामान विदेशमा निर्यात हुने गरेको छ ।

आगलागीको खबर प्राप्त हुनेबित्तिकै १२ वटा दमकलले आगो निभाउने निरन्तर प्रयास गरिरहेका थिए । काठको गोलियामा दन्किएको आगो निभाउन कठिन भएको थियो । आगो निभाउन भारतबाट पनि दमकल मगाइएको थियो ।

झापा जिल्ला प्रहरी कार्यालय प्रमुखका अनुसार आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताए ।

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क 

Spread the love
Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?