२०८१ मंसिर २५ मंगलवार
10 December 2024, Tuesday
Menu
 

श्रीलङ्काको बेरोजगारी दरमा सामान्य कमी

श्रीलङ्काको बेरोजगारी दरमा सामान्य कमी

कोलम्बो, चैत १२ गते । श्रीलङ्काको आधिकारिक बेरोजगारी दर सन् २०२३ को अन्तिम त्रैमासिकमा ४.३ प्रतिशतमा झरेको श्रीलङ्काको तथ्याङ्क विभागले जानकारी गराएको छ । अघिल्लो त्रैमासिकमा उक्त दर ४.७ प्रतिशत रहेको थियो ।

विभागले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तेस्रो त्रैमासिकमा १.६ प्रतिशत र २०२३ को चौथो त्रैमासिकमा ४.५ प्रतिशतले विस्तार भएको उल्लेख गरेको छ ।

अर्थतन्त्रको सबैभन्दा खराब सङ्कटलाई व्यवस्थापन गरिएसँगै अहिले श्रम बजारमा मानिसले अवसर खोज्न थालेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । सङ्कटको प्रभावका कारण हालसम्म धेरै कम्पनीहरूले आफ्ना पूराना कामदारलाई सेवा निवृत्त गर्नुका साथै नयाँ रोजगारीका अवसरलाई रोकेका थिए ।

अहिले देशको अर्थतन्त्रले सुधारको सङ्केत देखाउँदै पुनः लयमा फर्किन थालेको छ । विगत दुई वर्षमा श्रीलङ्कामा सामूहिक बसाइँसराइ देखेको र कम्पनीहरूले रोजगारीमा पुनः नयाँ भर्ना गर्न थालेका तर नयाँ भर्नामा योग्य कामदारको कमी देखिन सक्ने विभागले जानकारी गराएको छ ।

विभागले ४।३ प्रतिशतको आधिकारिक बेरोजगारी दरले पूर्ण रोजगारीको नजिक प्रतिबिम्बित गरेको र यसले श्रम बजार अवस्थालाई कसिलो भएको पनि सङ्केत गरेको विभागले उल्लेख गरेको छ । रासस/सिन्ह्वा

Spread the love