२०८१ मंसिर २६ बुधबार
11 December 2024, Wednesday
Menu
 

साइबर सुरक्षा र सम्बन्धित अपराध विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न

साइबर सुरक्षा र सम्बन्धित अपराध विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न

चैत्र १७ काठमाण्डौं – स्टुडेन्टस् ल फर्मका सदस्यहरूले साइबर सुरक्षा र सम्बन्धित अपराध शीर्षकमा एक छलफल कार्यक्रम  सञ्चालन गर्नु भएको छ। कार्यक्रमको व्यवस्थापन प्रतिज्ञा आचार्य र स्टुडेन्टस् ल फर्मका सदस्यहरूले गर्नुभएको थियो ।

छलफल कार्यक्रममा विभिन्न संघसंस्था, कलेज र युनिभर्सिटी लगायतबाट ४५ देखि ५० जनाको सहभागीता थियो। उक्त कार्यक्रममा श्रीकृष्ण भट्टराई प्रमुख अतिथि, डा राजीव सुब्बा अतिथि र आयोजक प्यानल बाट ४ जना आनन्दराज खनाल, श्री प्रकाश ज्ञवाली,इन्जिनियर दिपेश जोशी र अधिवक्ता श्रीमती सरस्वती शाह उपस्थित हुनुहुन्थ्यो ।

उक्त छलफल कार्यक्रममा चलिरहेको सम्बन्धित साइबर अपराधहरू पहिचान चोरी, घोटाला, जालसाजी, बाल पोर्नोग्राफी, गोपनीयता उल्लङ्घन, मानहानि, मोर्फिंग, नक्कली प्रोफाइल र हनी ट्रयापमा पार्ने जस्ता विषयमा छलफल गरिएको थियो। महिलाहरू साइबर अपराधका प्रमुख पीडित भएकाले उनीहरूमाथि हुने दुर्व्यवहारको विरुद्धमा उजुरी गर्ने वा आवाज उठाउने साहस नभएकाले महिलालाई उजुरी दर्ता गराउने वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल भएको थियो । धेरैजसो सहभागीहरू धेरै सिमकार्ड धारकहरूले गरेको दुरुपयोग र सामाजिक सञ्जाल साइटहरूको दुरुपयोग बारे उत्सुक थिए।

साइबर सुरक्षा र सम्बन्धित अपराध सम्बन्धी प्यानल छलफल उपस्थित प्रमुख अतिथि श्रीकृष्ण भट्टराईले गरेको जानकारीमूलक समापनको साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

समाचार ब्युरो 

नेपाली मिडिया नेटवर्क

 

Spread the love