२०८२ जेष्ठ ९ शुक्रबार
23 May 2025, Friday
Menu
 

महानरपालिकाको श्रम बैंकबाट चार सय बढीलाई रोजगार

महानरपालिकाको श्रम बैंकबाट चार सय बढीलाई रोजगार

काठमाडौँ, वैशाख २१ गते । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् । महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो ।
अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताउनुभयो । उहाँका अनुसार रोजगार पाउनेमा स्थानीय र केही भाडामा बसोबास गर्ने व्यक्तिको निवेदन प्राथमिकतामा परेको छ । व्यक्तिको कार्यक्षमताका आधारमा दैनिक ज्यालामा रोजगार दिने गरिएको उहाँले बताउनुभयो ।

“कार्यालयमै आएर फाराम बुझाउनेहरु थुप्रै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यद्यपि श्रमप्रतिको सम्मान भाव नभएका कारण अझै रोजगार खोज्दै आउने युवाको जमात थोरै देखिन्छ ।” अनलाइन फाराम भर्ने भनिए पनि भौतिक उपस्थिति अनिवार्य भएकाले बैंकसम्म आउनेको सङ्ख्या तुलनात्मकरुपमा थोरै भएको उहाँको बुझाइ छ । रासस

Spread the love