२०८२ जेष्ठ ९ शुक्रबार
23 May 2025, Friday
Menu
 

को हुन तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्की ?

को हुन तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्की ?

दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका कार्की २०२१ साल असोज ११ गते झापाको गौरादह नगरपालिका वडा नम्बर ३ मा जन्मिएका हुन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका कार्की ले २०७४ को प्रदेशसभा निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा- ५ को प्रदेशसभा क बाट टिक पाए र जितेका थिए।

२०५५ सालमा अनेरास्ववियूको केन्द्रीय अध्यक्ष बनेका कार्कीले कानुनमा स्नातकोत्तर गरेका छन् । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत बनेका उनी पार्टीको उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका हुन ।

कार्कीले २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको ईन्चार्जको जिम्मेवारी पाएका थिए ।

एमाले र माओवादी केन्द्रबीच एकता हुँदा उनी नेकपाको केन्द्रीय कमिटी सदस्य बनेका थिए । दुई पार्टीको विभाजनपछि भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएकाथिए । त्यसपछि स्थायी कमिटी सदस्य मनोनित भए ।

२०७४ सालको प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनले शेरधन राई नेतृत्वको सरकारमा २०७४ फागुन ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

कार्कीले तीन वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा काम गरेका थिए ।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा उनी पुन: प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनी पहिलो पटक मुख्यमन्त्री भएका बेला उनकै सक्रियतामा प्रदेशसभाले १७ फागुन २०७९ मा प्रदेश १ को नाम कोशी नामकरण गरिएको थियो ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love