२०८२ जेष्ठ ९ शुक्रबार
23 May 2025, Friday
Menu
 

कांग्रेस शीर्ष नेताले बोल्ने कार्यसूचीमा असहमत, कार्यव्यवस्था बैठक बस्न सकेन

कांग्रेस शीर्ष नेताले बोल्ने कार्यसूचीमा असहमत, कार्यव्यवस्था बैठक बस्न सकेन

बैशाख २८, काठमाडौं-बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूचीमा नेपाली कांग्रेसले असहमति जनाएको छ । कांग्रेसको असहमतिका कारण कार्यसूची टुंगो नलाग्दा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ ।

आज बस्ने तय भएको संसद बैठकका कार्यसूची तय गर्नुअघि सभामुख देवराज घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्नुभएको थियो ।

सो छलफलमा कांग्रेस नेताहरुले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने,आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएको बुझिएको छ ।

त्यसमा सहमति नजुटेपछि नेताहरु आ-आफ्ना दलका शीर्ष नेताहरुसँग छलफल गर्न गएको बुझिएको छ । उहाँहरु फर्किएपछि मात्र कार्यव्यवस्थाको बैठक औपचारिक रुपमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ सहभागी हुनुहुन्थ्यो भने नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल तथा नेकपा माओवादी केन्द्रबाट मुख्य सचेतक हितराज पाण्डे र सचेतक रुपासोशी चौधरी सहभागी हुनुहुन्थ्यो ।

रास्वपाबाट प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही पनि छुट्टाछुट्टै र सामूहिक छलफलमा सहभागी हुनुहुन्छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love