२०८१ माघ ५ शनिबार
18 January 2025, Saturday
Menu
 

नेपाल दुई ठुला अर्थतन्त्र भएको राष्ट्रबिच भएपनि अपेक्षाकृत फाइदा लिनसकेन – रिजाल

नेपाल दुई ठुला अर्थतन्त्र भएको राष्ट्रबिच भएपनि अपेक्षाकृत फाइदा लिनसकेन – रिजाल

भैरहवा (रुपन्देही), जेठ ३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले नेपाल दुई ठुला अर्थतन्त्र भएको राष्ट्रबिच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा भैरहवामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले ठुला अर्थतन्त्र भएका चीन र भारतबिच रहेको नेपालले आफ्नो आर्थिक वृद्धि हासिल गर्ने सक्ने सम्भावना धेरै रहेको छ भन्नुभयो ।

फरक प्रसङ्गमा बोल्दै नेता रिजालले आउँदो निर्वाचनमा कांग्रेस गठबन्धन नगरी सबै स्थानमा उम्मेदवारी दिनुपर्ने धारणा राख्नुभयो । उहाँले विगतका निर्वाचनमा कांग्रेसले सबै ठाउँमा आफ्ना उम्मेदवार नउठाएका कारण कांग्रेसको मत घटेको बताउनुभयो । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । रासस

Spread the love