२०८१ मंसिर २५ मंगलवार
10 December 2024, Tuesday
Menu
 

अमेरिकाको मनोवृत्ति दोहोरो र गैरजिम्मेवार छ’ – चीन

अमेरिकाको मनोवृत्ति दोहोरो र गैरजिम्मेवार छ’ – चीन

जेष्ट ४ गते शुक्रबार काठमाण्डौं – पुटिनको भ्रमणका क्रममा चीनले अमेरिकालाई निशाना बनाउँदै अमेरिकाले गैरजिम्मेवार र दोहोरो रवैया अपनाएको आरोप लगाएको छ ।

यसअघि अमेरिकाले युक्रेनविरुद्धको लडाइमा चीनले रुसलाई सहयोग गरिरहेको आरोप लगाएको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, “जे भइरहेको छ त्यो आगो निभाउने प्रयास हो।” युक्रेन संकट समाधान गर्ने एक मात्र उपाय राजनीतिक समाधान हो।

अमेरिकाले पनि चीन दुवैतर्फ बस्न नसक्ने आरोप लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, ‘एकातिर चीनको युरोपसँग सम्बन्ध छ। अर्कोतर्फ युरोपको सुरक्षामा सबैभन्दा ठूलो खतरा रुसलाई सहयोग गरिरहेको छ ।

रुसको राष्ट्रपतिको रुपमा पाँचौं पटक सपथ लिएपछि पुटिनले चीनको भ्रमण गरेका हुन् । पछिल्ला केही दिनदेखि पुटिनले पश्चिमा देशहरू अलोकतान्त्रिक भएको आरोप लगाउँदै आएका छन् ।विविसी हिन्दीको सहयोगमा

Spread the love