२०८१ माघ ५ शनिबार
18 January 2025, Saturday
Menu
 

प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु

प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु

काठमाडौँ, जेठ ४ गते । सङ्घीय संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसदमा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

बैठकमा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं शीर्ष नेता सहभागी हुनुहुन्छ । रासस

Spread the love