२०८१ चैत्र ७ बिहीबार
20 March 2025, Thursday
Menu
 

नेपाल विकास नहुनुको मुख्य जिम्मेवार को ?

नेपाल विकास नहुनुको मुख्य जिम्मेवार को ?

जेष्ठ ५ गते शनिबार, काठमाण्डौं-नेपाल भौगालिक विविधता युक्त भूगोलका हिसाबले सानो मुलुक हो । बिकास भन्नेबित्तिकै हामी भौतिक संरचनालाई मात्र लिन्छौं । भौतिक विकास समग्र विकासको अन्तिम रूप भनौं वा परिणाम हो।

मानौं हामी सबैलाई एक आलिसन बङ्गला/ भौतिक सुविधा सम्पन्न आवास सबैको चाहना हुन्छ तर हामी हाम्रो परिवारको अरू आवश्कता पूरा नगरी आवास बनाउन लाग्दैनऊ पहिले परिवारको लालनपालन शिक्षा स्वस्थ्य लगायत आधारभूत आवश्यकता पूरा भएपछि बल्ल आफ्नो इच्छा चाहना अनुसार भौतिक सुविधा सम्पन्न आवास निर्माण गर्न लाग्छौ ।

अर्थात सारमा भन्दा आवश्यकता को प्राथमिकीकरण भएजस्तै राष्ट्र आर्थिक रूपले सक्षम भएपछि मात्र भौतिक विकाशले तिब्रता पाउँछ ।

राज्य आर्थिक रूपले सक्षम हुनुभनेको नागरिक सक्षम हुनु हो । जब नागरिकका उद्योग कलकारखाना व्यवसाय हुन्छ र उनीहरुले राज्यलाई कर तिरे पछि राज्य आर्थिक रूपले सक्षम हुन्छ र भौतिक विकासको लागि सबल/सक्षम हुन्छ ।

हामी नेपाली अहिले विश्वमा नपुगेको सायद कहिपनि छैन होला । विश्वका सबै कुना काप्चामा पुगेका छौं । विश्व अहिले भौतिक सेवा सुविधाका हिसाबले धेरै अगाडि छ त्यो बिकसित देश सँग तुलना गरेर हेर्दा हामी नेपाली सयौँ वर्ष पछाडि परेका छौ ।

जबकि अहिलेको भौतिक सुविधा सम्पन्न शक्ति राष्ट्र हिजोको समयमा हाम्रो देश अस्तित्वमा हुदा उनीहरूको उत्पतिनै नभएको पाइन्छ ।

अब सवाल आउँछ हाम्रो देश विकासमा किन पछि पर्यो ? यसको उत्तर पत्तलगाउन यससँग अन्तर सम्बन्धी विषय वस्तुको बारेमा जानकारी हुन जरुरी छ। देश विकासका लागि धेरै कुराको भूमिका रहन्छ त्यसमा मुख्यतय तीन कुरा शिक्षा, साधन श्रोत र शासन व्यवस्थाको मुख्य भूमिका रहन्छ ।

शिक्षा कुनै पनि परिवार समाज र राष्ट्रको विकासका लागि महतत्वपूर्ण आधार हो। यसले देश विकाशमा त झनै महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

शिक्षाको कुरा गर्नुपर्दा हाम्रो देशमा आधुनिक शिक्षाको सुरुवातनै गलत तरीकाले भएको पाइन्छ । हाम्रो देशमा आधुनिक शिक्षाको सुरुवात राणाकॉल पश्चात भएको देखिन्छ । राणाहरूले शासन सत्ता समालुन्जेल जनतालाई शिक्षाबाट वञ्चित गरिएको पाइन्छ । प्रजातन्त्र प्राप्ति पछि हाम्रो देशमा आधुनिक शिक्षा सुरुवात भएको पाइन्छ जुन समयमा विश्व शिक्षामा धेरै अगाडि बढिसकेको थियो। हामीले शिक्षालाई हाम्रो दैनिक जीवनसँग जोडिएको विषयमा अध्ययन अनुसन्धान गरी समाज राष्ट्र लाई आर्थिक रूपले कसरी सक्षम बनाउने हाम्रा प्राकृतिक श्रोत साधनको कसरी सही र उच्चतम प्रयोग गर्ने र जनताको आर्थिक क्षमता वृद्धि कसरी गर्ने भन्ने हिसाबले अध्ययन अनुसन्धान भएको पाइँदैन ।

शिक्षालाई हामीले सिकाई सँग भन्दापनि अहंकार सँग जोडेको पाइन्छ । हामीले पढाईलाई थेउरीकल रूपमा लिएयौं । पढाइलाई हामीले नितान्त सर्टिफिकेट प्राप्तिसँग मात्र जोडयौ । अझ भन्नुपर्दा हाम्रो देश शिक्षितहरुले बिगारेको देश बन्न पुग्यो ।शिक्षाले देश विकास गर्न टेवा पुर्याउनु पर्ने ठाउँमा शिक्षा प्रतिको गलत बुझाइ र शिकाइले देश विकासमा भूमिका खेल्नुको सट्टा देसलाई घटा पुर्याएको देखिन्छ ।

हाम्रा विश्वविद्यालयहरूले प्रयाप्त मात्रामा प्राविधिक बौद्धिक जनशक्ति उत्पादन गर्न सकेनन् कोरा सैद्धान्तिक ज्ञान भएको व्यवहारमा प्रयोग नहुने राज्यको आवश्कता सँग बेखबर जनशक्तिको उत्पादन गर्न विश्व बिद्यालय तल्लीन भए विश्वबिद्यालयको प्राथमिकता राज्यको आवश्कता सँग जानकार भएको पाइएन ।

समय बित्दै जाँदा विश्व विकासमा यति धेरै अगाडि बढ्यो कि विकास र प्रविधिमा आएको परिवर्तन सँगै शक्ति राष्ट्र हरुलाई मानव संसाधनको आभाव हुँदै गयो । उनीहरूले कमजोर राष्ट्रहरूको शिक्षा प्रणालीमा आफ्ना करिकुलम घुसाई आफ्नो आवश्कता अनुसारको शिक्षा लगाउन सफल भएको देखिन्छ ।

हाम्रा देशका बौद्धिक भनाउँदाहरु हरेक क्षेत्रमा विदेशीहरूको लगानीमा फसेका लिप्त भएकाले देशको सम्पूर्ण व्यवस्थानै विदेशीहरूको लगानीको चंगुलमा फसेको छ। हुँदाहुँदा अहिले हाम्रा विश्वविद्यालयहरू बन्द हुने अवस्थामा पुगेका छन् । बौद्धिक पलायन अहिले देशको विकराल समस्याको रूपमा देखा परेको छ।

पृथ्वीमा धेरै प्राकृतिक श्रोत साधन र जैविक खनिज पेट्रोलियम पदार्थ बनजंगल पानी लगायत वस्तु पाइन्छ । समय अनुसार जसले प्राकृतिक श्रोत साधनको समय अनुकुल सही सदुपयोग गर्यो ती देश विकशित बने । हाम्रो देश नेपाल पनि प्राकृतिक रूपमा धनी देश हुँदाहुँदै पनि हामीले यसको सही सदुपयोग गर्न नसक्दा वा त्यमा ध्यान नदिँदा हामी पछि परेको कुरा छर्लङ्गै छ। अहिले विश्व यति अगी बढीसक्यो की अब प्राकृतिक स्रोत साधनको विकल्प तयार भैसक्यो । जस्तै हाम्रो देशमा पनि पेट्रोलियम पदार्थ भएको अनुमान गरिन्छ तर यसको समयमै उत्खनन गरेर खाडी मुलुकले जस्तै प्रयोग र बिक्री गरेको भए आज हाम्रो देश पनि विकसित देशको सूचीमा पुगेको हुनसक्थ्यो तर आज पेट्रोलको विकल्पमा इलेक्ट्रिक साधनको विकास भइसकेको छ अब हामीसँग पेट्रोल भएपनि अब त्यसको प्रयोग खर्चिलो भइसकेको अवस्था छ यो निष्काम हुने छ ।

देश विकासका निम्ति देशको शासन व्यवस्था सहिहुनु जरुरी हुन्छ । राजनीति देश निर्माणको डाक्टर मानिन्छ । तर हाम्रो देशको राजनीति व्यवस्था यस्तो भयोकि देश हितको कामकर्तव्य राजनीतिज्ञको प्रथमितामा परेन ।कसरी शक्ति राष्ट्र हरुसँग तालमेल मिलाउने र आफ्नो अनुकुल देशका साधन श्रोत प्रयोग गर्ने भन्नेमा नै हाम्रो राजनीति व्यस्त भएको पाइन्छ ।

यसरी समग्रमा भन्नुपर्दा हाम्रो देश विकासमा पछि पर्नुको मुख्य कारण भनेको सही शिक्षा सिकाई र प्रायो नहुनु साधन श्रोतको समय अनुकुल सही सदुपयोग गर्न नसक्नु र राजनीति व्यवस्था देश निर्माणको लागि सही समय अनुकुल चल्न नसक्नुनै रहेको कुरामा कुनै दुविधा छैन भन्न सकिन्छ । अझ सर्टिक निष्कर्षमा भन्नुपर्दा यो देश विकासको बाधक भनेको आत्मकेन्द्रित बौद्धिकता नै भएको कुरा लुकाएर लुक्ने स्थितिमा छैन ।
लेखक
नरेन्द्र पाण्डे

Spread the love