जेष्ठ ७ गते सोमबार, काठमाण्डौं – अमेरिकी सांसद चक शुमरले इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । उनका अनुसार यो दुर्घटना नभएर सुनियोजित घटना पनि हुन सक्ने बताएका छन्।
सिनेटका वरिष्ठ डेमोक्र्याट सांसद चक शुमरले हेलिकप्टर दुर्घटनाको पछाडि कुनै षड्यन्त्र छ भनेर अहिले नै भन्न नसकिने बताएका छन् ।
सुमरले भने, ‘अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन जसको आधारमा हेलिकप्टर दुर्घटनाको पछाडि षड्यन्त्र थियो भनेर भन्न सकिन्छ ।
“उत्तर-पश्चिम इरानमा मौसम धेरै खराब थियो जहाँ हेलिकप्टर दुर्घटना भयो। यो दुर्घटना जस्तै देखिन्छ। तर यस दुर्घटनाको पूर्ण अनुसन्धान हुन बाँकी छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दुर्घटनाबारे जानकारी दिइएको छ। आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको थियो ।
इरानी राष्ट्रपति रायसीको खोजीमा ठूलो मात्रामा खोज अभियान चलिरहेको छ । बिबिसी हिन्दीको सहयोगमा