२०८१ मंसिर २५ मंगलवार
10 December 2024, Tuesday
Menu
 

नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यक : डा भट्टराई

नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यक : डा भट्टराई

काठमाडौँ,  जेठ ११ गते ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार बनाउन सकिने बताउनुभएको छ ।

सो पार्टीको परराष्ट्र मामिला विभागले आज आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्दाहरु’ विषयक छलफलमा प्रमुख डा. भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न आर्थिक कूटनीतिमा केन्द्रित भएर निरन्तर संवाद गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता त कहिले कता झुकाव राख्न नहुने उल्लेख गर्नुहुँदै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक रूपमा हिँडाउनु पर्ने एमालेको नीति रहेको बताउनुभयो । उहाँले भारतसँगका असमान सन्धि असमान र असान्दर्भिक रहेकाले परिमार्जन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम् लाभ लिनुपर्ने पनि उहाँको भनाइ थियो । राष्ट्रियसभाका सदस्य डा. अञ्जान शाक्यले बदलिँदो परिवेशमा एमालेको विदेश नीति सुस्पष्ट रहेको बताउनुभयो । रासस

Spread the love