२०८१ कार्तिक २६ सोमबार
11 November 2024, Monday
Menu
 

काठमाण्डौं सँग ललितपुर पराजित

काठमाण्डौं सँग ललितपुर पराजित

काठमाडौं, जेठ १६ गते । एनसिसी एस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिता अन्र्तगत महिलातर्फको खेलमा काठमाडौं ललितपुरलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं ललितपुरलाई ३१ रनले पराजित गर्दै विजयी भएको हो ।

काठमाडौंले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९९ रनमा समेटियो । ललितपुरका लागि याशु पाण्डेले सर्वाधिक ३५ रनको योगदान दिइन भने रेखा तामाङले अविजित १६ रन बनाइन् । त्यस्तै साविका यादवले १६ रन बनाइन् । काठमाडौंका लागि संस्कृति फुयाल, विपिशा शाही र एली यादवले समान एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौंले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ३० रनको योगफल बनाएको थियो । काठमाडौंका लागि अस्मिता खरेलले सर्वाधिक ३७ रनको योगदान दिइन् । यसै गरी कञ्चन श्रेष्ठले ३६ तथा एली यादवले अविजित १८ रन बनाइन् । ललितपुरका लागि मनिषा उपाध्याय र सम्भाव्या ढकालले समान एक-एक विकेट लिए । मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा भोलि भक्तपुर र ललितपुरबिच प्रतिस्पर्धा हुनेछ । रासस

Spread the love
Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?