२०८१ फाल्गुन २ शुक्रबार
14 February 2025, Friday
Menu
 

आइसिसी टी–२० विश्वकपः अमेरिकाको विजयी सुरुवात, नेपाली टोलीको स्वागत

आइसिसी टी–२० विश्वकपः अमेरिकाको विजयी सुरुवात, नेपाली टोलीको स्वागत

टेक्सास (अमेरिका), जेठ २० गते । आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ ।

त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो ।

टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आइतबारदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आइसिसी प्रतियोगिता आयोजना गरेको हो । आजको पहिलो खेलमा क्यानडाले अमेरिकालाई एक सय ९५ रनको लक्ष्य दिएको थियो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यनडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो।

टी-२० विश्वकप : अमेरिकाको विजयी सुरुवात

आयोजक अमेरिकाले आइसिसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

डालासस्थित गान्ड पिएरे रङ्गशालामा आइबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई सात विकटले हरायो ।

जितका लागि एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा एक सय ९७ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जितसँगै समूह ‘ए’ मा रहेको अमेरिकाले दुई अङ्क बनाएको छ ।

अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाउनुभयो । उहाँले ४० बलमा चार चौका र १० छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै एन्ड्रिस गौसले ६५ र कप्तान मोनांक पटेलले १६ रन बनाउनुभयो । स्टिभ टेलर शून्य रनमा एलबी डब्लू धरापमा पर्नुभयो । बलिङमा क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो । क्यानडाका ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाउनुभयो । उहाँले ४४ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै निकोलस किर्टोनले ५१, श्रेयस मोभ्भाले अविजित ३२, आरोन जोनसनले २३ र र दिलप्रीत बजुवाले ११ रन बनाउनुभयो ।

बलिङमा अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक एक विकेट लिनुभयो । अमेरिकाले समूहको दोस्रो खेल जुन ६ तारिख पाकिस्तानसँग खेल्नेछ । समूह ‘ए’ मा अमेरिका, पाकिस्तान, क्यानडा, भारत र आयरल्यान्ड छन् ।  रासस र गोप को सहयोगमा

Spread the love