जेठ २२ गते,काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र नेदरल्यान्ड्स बीचको खेल ओपन डोर इन्टरटेनमेन्ट र काठमाडौं महानगरपालिकाको सहकार्यमा टुँडिखेलमा प्रत्यक्ष प्रसारण गरिने भएको छ । प्रत्यक्ष प्रसारणमा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ । यो खेलको निःशुल्क प्रत्यक्ष प्रसारण हुने भएको छ । तीनकुने र हाँडी गाउँमा पनि ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि महानगरपालिकाले व्यवस्था गर्ने जनाएको छ ।
नेपाली समयअनुसार आज साँझ ९ः१५ बजे देखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठुला एलइडी स्क्रिन राखिनेछ ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि गरिने जानकारी गराइएको छ । कार्यक्रममा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भियोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा खाजा र खानाका निम्ति विभिन्न स्टल पनि राखिने बताइएको छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क