२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित डालासमा हजारौं नेपालीको उपस्थिति(फोटो फिचर)

नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित डालासमा हजारौं नेपालीको उपस्थिति(फोटो फिचर)

जेष्ठ २३ गते,काठमाडौं । आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्स सँग ६ विकेटले पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा १०९ रन बनाउँदै पूरा गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको थियो ।

नेदरल्यान्डसका लागि म्याक्स अनवार्डले अर्धशतक बनाउनुभयो । ४८ बलको सामना गर्नुभएका म्याक्सले एक छक्का र चार चौकाको मद्दतमा ५३ रन जोड्नुभएको हो । उसका लागि विक्रमजीत सिंहले २२ रन बनाउनुभयो ।

नेपालका लागि सोमपाल कामी, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट लिनुभयो

सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाउनुभयो । ३७ बलको सामना गर्दै पौडेलले ५ चौका प्रहार गर्नुभएको थियो ।

नेपालले ओपनर कुशल भुर्तेललाई ७ र आशिफ शेखलाई ४ रनमै गुमाएको थियो । अनिल शाह १२ बलमा ११ रन जोड्दै आउट हुनुभयो । कुशल मल्ल ९ बलमा ९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ६ बलको सामना गर्दै मात्र १ रन जोड्नुभएको थियो ।

करन केसीले १२ बलमा १७ तथा गुल्सन झाले १५ बलमा १४ रनको योगदान दिनुभयो । नेपालका लागि करणले दुई र गुल्सनले एक छक्का प्रहार गर्नुभयो ।

नेपाललाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले तीनतीन विकेट लिनुभयो भने पाउल भान मेकरेन र बास डे लिडेले दुईदुई विकेट हात पार्नुभयो ।

डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह

डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपालले प्रतिस्पर्धा गर्दा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्नेको संख्या हजारौँ थियो ।

मङ्गलबार बिहानै देखि पन्चेबाजासहित समर्थकले नेपाली टोलीलाई साथ दिएका थिए । टेक्सासको डालासमा मात्र अहिले एक लाख सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । अन्य राज्यबाट समेत नेपालको खेल हेर्न नेपालीहरु डालास आएका थिए ।

नेपालले अघिल्लो साता ह्युस्टनमा विश्वकपकै अभ्यास खेल खेल्दा पनि उल्लेख्य नेपाली समर्थकले साथ दिएका थिए ।

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क

 

Spread the love