२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

एमाले काठमाडौँको जिल्ला अधिवेशन सुरु

एमाले काठमाडौँको जिल्ला अधिवेशन सुरु

काठमाडौँ, जेठ २६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को काठमाडौँ जिल्लाको सातौँ अधिवेशन सुरु भएको छ । पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उदघाटन गर्नुभएको हो ।

अधिवेशन उदघाटन सत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, काठमाडौँ इञ्चार्ज आनन्द पोखरेल, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेललगायत नेताहरु सहभागी हुनुहुन्छ ।

जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले अधिवेशनमा पाँच सय ८५ प्रतिनिधि रहेको र बन्दसत्र आइतबारदेखि बबरमहलमा हुने जानकारी दिनुभयो । बन्दसत्र सञ्चालनका लागि इञ्चार्ज पोखरेलको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति निर्वाचित गर्नेछ । हालसम्म एमालेका ६३ जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् । एमालेको जेठभित्रमा जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य छ । रासस

Spread the love