२०८१ कार्तिक २८ बुधबार
13 November 2024, Wednesday
Menu
 

जीवित बुवाको मृत्यु दर्ता अनि आमाको अर्कैसँग विवाह दर्ता

जीवित बुवाको मृत्यु दर्ता अनि आमाको अर्कैसँग विवाह दर्ता

उर्लाबारी, जेठ २८ गते । मोरङको रतुवामाई नगरपालिको ७ नं.वडाका पवन लिम्बुले जीवित बुवाको मृत्यु दर्ता गरेर आमाको अर्कैसँग विवाह दर्ता गराएका छन् । पवनले जीवित बुवा जितबहादुर लिम्बुको मृत्यु भएको भनी घटना दर्ता गराएर आमा होमादेवी लिम्बुलाई पदमबहादुर लिम्बुसँग विवाह दर्ता गराएका हुन् ।

२०८१ वैशाख २३ गते जितबहादुर लिम्बूको मृत्यु भएको भनी वडा कार्यालयमा निवेदन दिएका थिए । सोही दिन होमादेवी लिम्बू सूचक भएर छोरा विपन सुब्बा लिम्बूको जन्म दर्ता प्रमाण पत्र लिइएको देखिन्छ । जितबहादुर र होमादेवी दम्पति हुन् । तर, सोही होमादेवी लिम्बू दुलही र पदमबहादुर लिम्बू दुलाहा भएर निजहरूले विवाह दर्ता प्रमाणपत्र समेत लिएका छन् ।

विवाह दर्तामा होमादेवीका श्रीमानको नाम पदमबहादुर लिम्बू भए पनि मृत्यु दर्तामा भने जितबहादुर लिम्बू उल्लेख छ । विवाह दर्ता र मृत्यु दर्तामा नाम फरक भए पनि जितबहादुर र पदमबहादुरको नागरिकता नम्बर भने एउटै (७५६४–२६३) नै छ । अझ रोचक पक्ष के छ भने विवाह दर्तामा पदमबहादुरको बाबुको नाम शेरबहादुर लिम्बू रहेको छ भने मृत्यु दर्तामा सिंहबहादुर लिम्बू रहेको छ ।

रतुवामाई नगरपालिकाका प्रवक्ता भुलबहादुर कार्कीले भन्नुभयो – वास्तविकता छानबिन गरी कारबाही अगाडी बढाइने छ । वडा सचिव सरोज ढकालले तीन वटै दर्ता प्रक्रिया अगाडी बढाएकाले यसको छानबिन हुने नगरपालिकाले जनाएको छ ।

यस्ता घटना हङकङ, वेलायत, अमेरिका लगायतका स्थानमा बिदेसिनका लागि हुने गरेको पाइन्छ । आर्थिक प्रलोभनमा परेर कर्मचारीहरूले जथाभाबी कागजात बनाइ दिने गरेको पाइन्छ । सरकारले वास्तविक विवरण सहितको राष्ट्रिय परिचय पत्र दिन सुरु गरेसँगै यस्ता फर्जी र नक्कली घटनाहरू बाहिरिन थालेको छ भने कागजात मिलाउन उनीहरूलाई समस्या पर्ने गरेकाले सम्पर्क विहीन हुने गरेको स्थानीयको आरोप छ । गोप

Spread the love
Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?