२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई एमाले महासचिवको आग्रह

बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई एमाले महासचिवको आग्रह

काठमाडौँ, जेठ ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा राजनीतिक परिवर्तन भइसकेकाले त्यसको जगमा समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले राजनीतिक परिवर्तन भएपछि सबै कुरा पुग्यो भनेर बस्न नहुने उल्लेख गर्दै राजनीतिक परिवर्तन माध्यम मात्र भएको र आफूहरूको लक्ष्य समृद्धि र समाजवाद भएको बताउनुभयो । “अहिले समाजमा एक प्रकारको अन्योल पनि सृजना भएको देखिन्छ । लोकप्रियतावाद हाबी भएर गम्भीर विषयले महत्त्व नपाएको स्थिति छ, यस अवस्थामा स्रष्टा र कलाकारले आफ्ना बौद्धिक र सन्देशप्रद रचनाबाट समाजलाई प्रभाव पार्न सक्नुपर्छ । त्यसले एमालेको बलियो राष्ट्रिय शक्ति निर्माणको यात्रालाई पनि सघाउन सक्नेछ ।’’

कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमालले साहित्यकार र कलाकारहरूले समाजलाई युगौँसम्म सकारात्मक ऊर्जा दिन सक्ने क्षमता हुने भएकाले राजनीतिक दललाई पनि स्रष्टाका रचनाले प्रेरणा मिल्ने बताउनुभयो । सोही पार्टीका पोलिटब्युरो सदस्य सुजिता शाक्यले आफू पञ्चायतकालमा विद्यार्थी हुँदा सांस्कृतिक अभियानमा जोडिएको सन्दर्भ उल्लेख गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकाङ्क्षामा साथ दिन स्रष्टाहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले गत वैशाख ८ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न राष्ट्रिय परिषद् सदस्यको महाधिवेशनमा कलाकर्मीले सृजनाका माध्यमबाट साथ दिएको अवगत गराउनुभयो । रासस

Spread the love