२०८१ माघ ५ शनिबार
18 January 2025, Saturday
Menu
 

जापानमा फैलियो कोरोनाभन्दा घातक मान्छेको मासु खाने भाईरस ४८ घण्टामा बिरामीको मृत्यु हुन्छ 

जापानमा फैलियो कोरोनाभन्दा घातक मान्छेको मासु खाने भाईरस ४८ घण्टामा बिरामीको मृत्यु हुन्छ 

काठमाडौं । जापानमा ४८ घण्टे ब्याक्टेरियल संक्रमणले उग्ररूप लिएपछि यतिखेर विश्व स्वास्थ्यमा त्रास पैदा भएको छ । संक्रमण भएको ४८ घण्टाभित्र बिरामीको मृत्यु गराउने एसटीएसएसले जापानमा पछिल्लो दुई महिनामा ७७ जनाको मृत्यु भएको छ । 

जनवरीदेखि जुन पहिलो सातासम्म मात्रै जापानमा ९७७ जनामा यो संक्रमण भएको त्यहाँको स्वास्थ्य तथा श्रम कल्याण मन्त्रालयको तथ्यांक छ ।  जापान र अमेरिकामा फैलिएको एसटीएसएसको नेपालमा पनि जोखिम रहेको विज्ञहरुले बताएका छन् ।

एसटीएसएस (स्ट्रेप्टोकोक्कल टक्सिक शक सिन्ड्रोम), नयाँ संक्रमण भने होइन । जापान र केही युरोपियन देशमा यसले विगत ६ वर्षदेखि संक्रामक रुप लिइरहेको छ । तर, उच्च मृत्युदर र संक्रामक समेत भएकाले यो घातक रहेको वरिष्ठ संक्रामक रोग विशेषज्ञ बताउँछन् ।

विशेषज्ञका अनुसार एसटीएसएस, ग्रुप ए स्ट्रेप्टोकोक्कस (जीएएस) ब्याक्टेरियाका कारण हुने संक्रमण हो । जीएएस नयाँ ब्याक्टेरिया होइन, यो शरीरमा सजिलै फैलिनसक्ने प्रकृतिको हुन्छ । 

जापानमा भने सन् १९९९ यता एसटीएसएस बढ्दै गएको त्यहाँको नेसनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिज्‌काे तथ्यांक छ । जसका अनुसार सन् २०२३ मा जापानमा ९४१ जनामा यो संक्रमण भई ९७ जनाको मृत्यु भएको थियो । एसटीएसएस जापानमा पछिल्ला ६ वर्षयता संक्रामक रोगबाट हुने मृत्यु मध्येको दोस्रो कारण बनेको छ । एसटीएसएस सन् २०२२ मा अमेरिका, जापान, नेदरल्याण्ड स्वीडेन, फ्रान्स र बेलयातमा देखिएको थियो । नेपालमा पनि जीएएस ब्याक्टेरिया पाइन्छ । तर, अहिले भने जीएएसले आफ्नो रुप परिवर्तन गरी म्युटेसन भइ थप घातक भएको हुनसक्ने विशेषज्ञ बताउँछन् । 

एसटीएसएसका लक्षणहरू कस्ता हुन्छन् ?

ब्याक्टेरियल संक्रमणबाट हुने रोगहरूजस्तै लक्षण एसटीएसएसमा पनि देखिने गरेका छन् । कडा ज्वरो, मांसपेशी तथा शरीरको दुखाइ र वाकवाकी तथा बान्ता हुनु यसका प्रारम्भिक लक्षणहरु भएको विशेषज्ञहुरुले जनाएका छन् ।  संक्रमण फैलिँदै जाँदा रक्तचाप घट्ने, श्वासप्रश्वास बढ्ने अन्तत विस्तारै मुटु, मिर्गौला, कलेजो, फोक्सोलगायतले काम गर्न छोड्ने र बिरामीको मृत्यु हुने गरेको विशेषज्ञको भनाई छ । 

कसरी फैलिन्छ संक्रमण ? 

एसटीएसएस कोरोनाजस्तै प्रकृतिको संक्रमण हो । विशेषज्ञका अनुसार यो मुख्यतः संक्रमित व्यक्तिको थुकको छिटाको माध्यमबाट एक अर्कामा सर्छ । आपसमा बोल्दा, खोक्दा वा हाछ्यूँ गर्दा, संक्रमितको थुकको छिटा भएको सामानको माध्यमबाट सर्नसक्छ ।

कस्ता व्यक्ति बढी जोखिममा ? 

एसटीएसएसले वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधी क्षमता कम भएकालाई छिटो संक्रमण भएको रेकर्डहरू छन् । जापानमा सन् २०२२ यता संक्रमित हुनेमा ५० वर्षमाथिका नागरिक धेरै रहेको त्यहाँको नेसनल इिन्स्टच्युट अफ इन्फेक्सियस डिजिज्‌काे तथ्यांक छ । मृत्यु हुनेमा भने ६५ वर्षमाथिका नागरिक धेरै रहेको देखिएको छ ।  

सीडीसीका अनुसार एसटीएसएस तन्तु र रक्तकोषिकामा अति छिटो फैलिने भएकाले बिरामीको समयमा उपचार हुन नसके मृत्युको जोखिम उच्च हुन्छ । हाल यसको मृत्युदर ३० प्रतिशत रहेको बताइएको छ । कतिपय अवस्थामा उपचारकै क्रममा पनि बिरामीको मृत्यु भइरहेको जापानका विशेषज्ञहरूले आफ्ना लेखमार्फत् बताएका छन् । तर, सुरुआती चरणमा भने एन्टिबायोटिकको प्रयोगबाट नै संक्रमण कम हुँदै जाने विशेषज्ञ बताउँछन् । “मांसपेशीलाई असर गर्ने छाला ड्यामेज हुँदै जाने भएकाले पनि यसलाई मासु खाने ब्याक्टेरियाका रुपमा चिनिएको हो,” विशेषज्ञ भन्छन् ।

नेपालमा कति जोखिम ? 

विशेषज्ञका अनुसार एसटीएसएसको जोखिम नेपालमा पनि नहोला भन्ने अवस्था छैन । यदी जीएएसको म्युटेन्ट रुप देखिएमा नेपालजस्तो सावधानीको तयारी कम गर्ने मुलुकको अवस्था भयावह हुनसक्छ । नेपाल जापान आवतजावत समेत बाक्लो रहेकाले संक्रमणको जोखिम अझै बढी रहेको विज्ञहरुको भनाइ छ ।  
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love