२०८१ माघ ५ शनिबार
18 January 2025, Saturday
Menu
 

निद्राको कमीले मोटोपना बढाउँछ ?

निद्राको कमीले मोटोपना बढाउँछ ?

असार ११ गते, काठमाण्डौं । पेटभरी खाना खाएको केही समयमै कतिपय व्यक्तिलाई भोक लाग्छ । फलस्वरुप छिनछिनमा भोक लाग्दा धेरै खाना खाइन्छ । जसले मोटोपनलगायत अन्य थुप्रै स्वास्थ्य समस्या निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् ।

कसैलाई खानेकुराको तलतल लागिरहनन्छ भने त्यसको एउटा कारण पर्याप्त निद्रा नपुग्नु पनि हो । निद्राको कमीले खानेकुराको असामान्य तलतल निम्त्याउन सक्छ । निद्राको कमी हुँदा ग्रेह्लीन र लेप्टिन जस्ता हर्मोनमा बाधा पुग्छ । जसकारण ग्रेह्लीन हर्मोन बढाउँछ र छिनछनमा भोक लाग्ने गर्छ । यसले भोक बढाएर उच्च क्यालोरी र चिनीयुक्त खानेकुराको तलतल लगाउँछ भने लेप्टिन हर्मोन घटाउँछ, जसलाई भोकलाई दबाउने हर्मोन पनि भनिन्छ ।

त्यसैले शरीरमा यसको कमीले मानिस सन्तुष्ट हुन सक्दैन र खाना खाएपछि पनि भोक लागिरहन्छ । यसबाहेक निद्राको कमीले मानिसमा तनावको स्तर पनि बढाउन सक्छ, जसले कार्बोहाइड्रेटयुक्त तथा गुलियो खानेकुराको तलतल बढाउँछ ।

निद्राको कमीले किन खानेकुराको तलतल लगाउँछ?  

निद्राको कमीले मस्तिष्कको रिर्वाड सिस्टमलाई असर पार्छ । जसकारण व्यक्तिलाई थप स्वादिष्ट खानेकुरा खाने इच्छा बढाउँछ । यस्तो अवस्थामा उच्च क्यालोरी र मिठाई खान मन लाग्छ । त्यस्तै तनावको कारण शरीरमा उच्च कोर्टिसोलको कारण अझ बढी खानेकुराको तलतल लाग्छ ।

निद्रालाई कसरी सुधार गर्ने ?

पर्याप्त र गुणस्तरीय निद्राका लागि सुत्ने समयतालिका बनाउनुपर्छ । हरेक दिन एकै समयमा सुत्ने र उठ्ने प्रयास गर्नुपर्छ र सकेसम्म पूरा निद्रा सुत्नुपर्छ ।सुत्नुअघि दिमाग शान्त गरेर सुत्नुपर्छ । यसका लागि दैनिक मेडिटेसन गर्ने, तातो पानीले नुहाउने, हर्बल पेयपदार्थ दैनिक जीवनमा समावेश गर्नुपर्छ । सुत्नुअघि निद्रालाई बाधा नपुर्‍याउन बत्ती निभाउनुपर्छ ।

सुत्नुअघि इलेक्ट्रोनिक ग्याजेट अर्थात् मोबाइल प्रयोग नगर्ने, किनकि मोबाइलबाट निस्कने निलो प्रकाशले मेलाटोनिन उत्पादनमा अवरोध गर्न सक्छ ।सुत्नुअघि हेभी खानेकुरा, क्याफिन र निकोटिनको सेवन गर्नुहुँदैन । यसले पनि निद्रालाई गडबड गर्न सक्छ । त्यसैले सुत्नुअघि भोक लागेमा हल्का पचाउन सजिलो खानेकुरा खाएर मात्र सुत्नुपर्छ ।

त्यस्तै सकेसम्म दिउँसो सुत्नु हुँदैन । यदि धेरै निद्रा लागेमा ३० मिनेटसम्म सुत्न सकिन्छ । धेरै खाना खाइसकेपछि खानाको तलतल लाग्छ । यस्तो अवस्थामा पर्याप्त निद्रा लिने सन्तुलित आहार खाने गर्नुपर्छ ।एजेन्सीको सहयोगमा

Spread the love