नेपालमा भइरहने सत्ता परिवर्तन खासै नयाँ हैन ।देश परिवर्तनको नारा दिएर ठूलो संख्यामा नेपाली नागरिकको बलिदानी बाट शक्तिमा पुगेको माओवादीले पनि अस्तिर राजनीति बाट बाहिर बस्न सकेन ।
२०६४ देखि अहिले सम्म धेरै सत्ता परिवर्तन भए प्रायजसो सरकारमा माओवादी छ । पछिलो २०७९ को चुनावमा यस्तो गठवन्धन बन्यो की १० वर्षे सशस्त्र युद्ध का दुईपक्ष को नेतृत्व कर्ता शेर बहादुर देउवा र पुष्प कमल दाहाल प्रचण्ड एउटै गठवन्धन बाट चुनाव लडे फलत गठबन्धनले बहुमत हासिल गर्न सकेन ।
चुनाव पछि प्रचण्ड अस्थिरताको कारक आफु स्वयम बनेको देखियो जनमतका हिसाबले कमजोर माओवादी सबैभन्दा ठूलो दल कांग्रेस र एमाले लाई प्रयोग गर्दै सत्ताको नेतृत्वमा रहिरहने खेल खेली रहे ।
तेस्रो दलले सत्ता सञ्चालन गर्न त्यति सजिलो पक्कै थिएन । त्यसैले प्रचण्ड अस्थिर राजनीति खेल खेल्न तल्लीन भए । यतिसम्म कि उनी दुई ठूला दललाई एकलाई अर्को देखाएर तर्साएर दबाबमा राख्न लागिपरे । प्रचण्डको यस्तो रणनीति बुझेका देउवा र ओलि विकल्पको खोजीमा लागि परेको देखिन्छन्।
अन्ततः ओलि र देउवा एक ठाउँमा आउने परिस्थिति बन्यो । उनीहरूले गटबन्धन गर्ने निर्णयमा पुगेको देखिन्छ ।
यो पटक कांग्रेस–एमालेबीच सत्ता परिवर्तनको लागि गठवन्धन मात्र नभई संविधान संशोधन गर्ने सम्मको तयारी भएको कुरा बाहिर आइरहेको छ जसका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा आयोग बनाउने तयारी भएको बुझिएको छ।
दुई दलबीच प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, संघमा पनि राष्ट्रियसभामा समानुपातिक व्यवस्था गर्ने प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्ने, प्रदेशको संख्यामा पनि पुनरवलोकन गर्ने, राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनेसहितका विषयमा सहमति खोज्ने प्रयास भइरहेको बुझिएको छ ।
अहिलेको जनमतका आधारमा दुई ठूला दल एक ठाउँमा उभिँदा दुईतिहाइ पुग्ने भएकाले संविधान उनीहरूले चाहे अनुसार परिवर्तन हुने देखिन्छ तर शान्ति सम्झौताको अर्को पक्ष माओवादी त्यस खालको सहमति भन्दा बाहिर हुने भएकाले माओबादिले यसलाई कसरी लिन्छ त्यो भोलिका दिनमा हेर्न बाँकी छ ।
पहिलेको शक्तिसाली माओवादी अहिले चिन्न विन्न छ ।उनीहरू आ-आफ्नै अभियान चलाइरहेका छन्। माओवादी घटक मध्येको एक क्रियाशील विप्लपले नेतृत्व गरेको माओवादी माधव नेपालले नेतृत्व गरेको समाजवादी मधेसको राजनीतिमा कमजोर बनेको उपेन्द्र नेतृत्वको जसापा लगायत मिलेर समाजबादी मोर्चा बनेकाले यो मोर्चालाई प्रयोग गरी प्रचण्डले कांग्रेस एमाले को निर्णयलाई प्रतिवाद गरे भने देशमा अशान्ति निम्तिन सक्ने अवस्था आउन सक्छ।
जनता अहिलेको राजनीतिक दलका नेताहरुको अस्थिर राजनीतिले आजित भएका छन् । आर्थिक मन्दी र अस्थिर राजनीतिले देशको अर्थतन्त्र धरासायी अवस्थामा छ जनताको बुझाइमा त्यसको कारक भद्दा संघीयता नै भएको भन्ने आवज बलियो बन्दै गएको र कतिपय नयाँ राजनीतिक दलले यसैलाई नारा बनाएर पुराना ठूला राजनीतिक दललाई चुनौती दिइरहेको अवस्थामा एमाले-कांग्रेसले संविधान संशोधन बाट केही नयाँ सन्देश दिन खोजेको देखिन्छ ।
समग्रमा भन्नुपर्दा एमाले-कांग्रेसले अहिले सम्मका कमीकमजोरी लाई सच्चाई गम्भीर भएर देशको क्षमता र आवश्यकता अनुसार शान्ति प्रक्रियाको अर्को पक्ष माओवादीलाई पनि मिलाएर अघि बढेको खण्डमा देशको राजनीति सही दिशामा अघि बढ्ने कुरामा आशा गर्न सकिन्छ ।