२०८१ मंसिर २५ मंगलवार
10 December 2024, Tuesday
Menu
 

प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिएपश्चात देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिएपश्चात देशवासीको नाममा सम्बोधन गर्ने

साउन २ गते,काठमाडौं – साउन ६ गते प्रधानमन्त्री ओलीले संसद् बैठकबाट देशवासीको नाममा सम्बोधन गर्ने मिति तय गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत पनि लिदै हुनुहुन्छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । त्यसको भोलिपल्ट ३१ गते सोमबार उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गर्नुभएको बुझिएको छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love